+
+

सरकारी स्वास्थ्य चौकीले नै दियो म्याद गुज्रेको औषधि

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज ६ गते १२:५९

६ असोज, सप्तरी । जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिकाको स्वास्थ्यचौकीले बिरामीलाई म्याद गुज्रेको औषधि दिएको छ । खोकी लागेर स्वास्थ्य संस्थामा जचाउन गएका स्थानीय ७० वर्षका धियानी मण्डललाई स्वास्थ्यकर्मीले म्याद गुज्रेको औषधि दिएको हो ।

केही दिनअघि थोरै खोकी लाग्दा र कमजोरी महसुस भएपछि उनी स्वास्थ्य संस्थामा जँचाउन जाँदा स्वास्थ्यकर्मीले मोक्सिलेब ५०० एमजीको एन्टिबायोटिक ट्याब्लेट दिएका थिए । उक्त ट्याब्लेटको म्याद एक महिनाअघि अर्थात अगस्ट २०१९ मै सकिएको थियो ।

म्याद गुज्रेको औषधि खाँदा उनी हनुमाननगर कंकालनी नगरपालिका १ स्थित भारदह बजारमा आइतबार साँझ बेहोस भएका थिए । स्थानीयले उनको उद्वार गरी औषधि हेर्दा म्याद गुज्रेको पाइएको स्थानीय गंगा साहले बताए ।

म्याद गुज्रेको औषधि खाँदा विरामी वृद्धललाई एलर्जी देखिएको स्वास्थ्य संस्थाका हेल्थ असिस्टेन्ट योगेश मण्डलले बताए । आफूहरुले यस्तो सूचना पाएपछि एलर्जी ठीक पार्ने औषधि दिएको उनले बताए ।
‘कर्मचारीहरुले भूलवश म्याद गुज्रेको औषधि दिएका रहेछन्’ उनले भने, ‘म्याद गुज्रेका औषधिहरुलाई अलग ठाउँमा राखे पनि वितरण गर्ने कर्मचारीले त्यही औषधि दिए ।’

सरकारी स्वास्थ्य संस्थाले म्याद गुज्रिएको औषधि नष्ट नगरी राख्नु गलत भएको अधिकारकर्मी जंगबहादुर सिंहले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?