+
+

डेढ लाख अवैध भारतीय रुपैयाँसहित २ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ असोज ७ गते १४:२८

७ असोज, काठमाडौं । काठमाडौं महानगरपालिका-१४ बल्खुबाट प्रतिबन्धित भारतीय रुपैयाँसहित २ जना पक्राउ परेका छन् ।

भक्तपुर बस्ने भारत बेतियाका ३० वर्षीय प्रमेन्द्र दास र २८ वर्षीय हर्मेन्द्र दासलाई महानगरीय प्रहरी वृत्त कालीमाटीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

बा१ज ७४९१ नम्बरको बीरगञ्ज-काठमाडौं चल्ने जीपमा सवार प्रमेन्द्रलाई ५०० दरका दुईसय थान र हर्मेन्द्रबाट ५०० दरका एकसय थान गरी एक लाख ५० हजार भारतीय रुपैयाँ बरामद गरेको प्रहरीले जनाएको छ ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?