
१४ असोज, काठमाडौं । प्रहरीले कटुवा पेस्तोलसहित दुई जनालाई पक्राउ गरेको छ ।
महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले मंगबार चन्द्रागिरि नगरपालिका-२ नागढुंगाबाट सुनसरीको धरानका २४ वषर्ीय शैलेस तामाङ र दाङ घाराहीका २० वर्षीय उज्वल गिरीलाई पक्राउ गरेको हो ।
बुटवलबाट काठमाडौं आउँदै गरेको लु१ख ९९८८ नम्बरको बस चेकजाँच गर्ने क्रममा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।
उनीहरुको साथबाट एउटा कटुवा पेस्तोल र एक थान गोली बरामद गरेको छ ।
महानगरीय प्रहरी प्रभाग नागढुंगाले पक्राउ परेका दुबै जनालाई अनुसन्धानका लागि महानगरीय प्रहरी परिसर टेकु पठाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4