+
+

साइकलयात्री शाह आमादब्लम चुचुरोमा

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक १८ गते २०:१५

१८ कात्तिक, काठमाडौं । साइकलयात्री रन्जित शाहले आमादब्लम हिमाल (६ हजार ८ सय १२ मिटर) को सफल आरोहण गरेका छन् । साह गत मंगलबार आमादब्लम हिमालको चुचुरोमा पुगेको पिक प्रमोशन प्रालिले जानकारी दिएको छ ।

३३ वर्षिय साह एक महिनाअघि साईकल काँधमा बोकेर सगरमाथा आधारशिविर पुगेका थिए । भमण वर्षको प्रचारप्रसार गर्ने भन्दै उनले आगामी आरोहण मौसममा साईकल बोकेरै सगरमाथा आरोहण गर्ने लक्ष्य राखेका छन् ।

सगरमाथा आरोहणको तयारी क्रममा पिक आमादब्लम हिमालको आरोहण गरेको पीक प्रमोशन प्रालिले जनाएको छ । प्रालिका प्रबन्धक आङबाबु शेर्पाका अनुसार साह अन्य टोलीसँगै चुचुरोमा पुगेका थिए ।

साहले आमादब्लम चढेपछि सगरमाथा आरोहण गर्न आत्मविश्वास बढेको प्रतिक्रिया दिए । उनी जनकपुरमा पान पसल गरी जिविकोपार्जन गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?