
२६ कात्तिक, काठमाडौं । मुख्यमन्त्रीबारे भारतीय जनता पार्टी (भाजपा) र शिवसेनाबीच विवाद भएपछि भारतको महाराष्ट्रमा राष्ट्रपति शासन लागू भएको छ ।
राष्ट्रपति रामनाथ कोविन्दले राष्ट्रपति शासन लागू गर्न सहमति दिएका हुन् ।
हालै भएको विधानसभा चुनावमा शिवसेना र भाजपाले मिलेर चुनाव लडेका थिए । तर मुख्यमन्त्रीबारे विवाद भयो ।
२८८ सदस्य भएको विधानसभामा भाजपा सबैभन्दा ठूलो पार्टी भएको छ । तर कुनै पनि पार्टीको बहुमत छैन । शिवसेनाले सरकार बनाउन दाबी पेश गरेको थियो तर राज्यपालले एनसीपीलाई पनि बोलाएका थिए ।
तर सरकार गठनका लागि थप समय नदिई राष्ट्रपति शासन लागू भएको छ । त्यसविरुद्ध शिवसेना अदालत गएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4