
बलिउड नायक साहिद कपुर नयाँ चलचित्र ‘जर्सी’ रिमेकको तयारीमा छन् । सफल तेलुगु चलचित्र ‘जर्सी’को हिन्दी रिमेकमा साहिदले काम गर्न लागेका हुन् । यो चलचित्रले क्रिकेटरको कथा प्रस्तुत गर्दैछ ।
यो चलचित्रको लागि हालसम्म साहिदको नाम मात्र सार्वजनिक भएको थियो । अब भने चलचित्रको लागि मुख्य नायिका पनि पक्का भएकी छिन् । मृणाल ठाकुरले यो चलचित्रमा मुख्य नायिकाको रुपमा काम गर्नेछिन् ।
मृणालले यसअघि ‘सुपर ३०, बाल्टा हाउस’ लगायतका चलचित्रमा काम गरिसकेकी छिन् । साहिदसँग काम गर्नको लागि मृणाल निकै उत्साहित छिन् । उनले भनिन्–‘तेलुगुमा सफल भएको चलचित्रमा काम गर्न पाउनु नै मेरो लागि ठुलो कुरा थियो । त्यसमाथि साहिदको जोडी भएर काम गर्न पाउँदा एकदमै उत्साहित छु ।’
यो चलचित्रलाई गौतम तिन्नानुरीले निर्देशन गर्नेछन् । जसले तेलुगु चलचित्र निर्देशन गरेका थिए । अल्लु अरविन्द, अम गिल, दिल राजुले संयुक्त रुपमा निर्माण गर्ने यो चलचित्र सन् २०२० मा रिलिज हुनेछ ।
प्रतिक्रिया 4