+
+

इराकस्थित अमेरिकी दूतावासमा आक्रमण

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष १५ गते १८:२२

१५ पुस, काठमाडौं । इराकस्थित अमेरिकी दूतावासमा आक्रमण भएको छ । अमेरिकाले इरान समर्थित इराकी मिलिसियामाथि हालै गरेको सैन्य कारबाहीको विरोधमा प्रदर्शनकारीले अमेरिकी दूतावासमा आक्रमण गरेका हुन् ।

प्रदर्शनकारीले दूतावासको बाहिरी पर्खाल भत्काइदिएका छन् । प्रदर्शनकारीलाई लखेट्न अमेरिकी सेनाले अश्रुग्यास प्रहार गरेको थियो । गत शुक्रबार इरान समर्थित इराकी मिलिसियाले इराकी सैन्य बेसक्याम्पमा आक्रमण गर्दा आफ्ना नागरिक मारिएका अमेरिकाको दावी छ ।

इराकका प्रधानमन्त्री अदेल अब्दुल मादीले अमेरिकी सैन्य कारबाहीले आफ्नो देशको सार्वभौमसत्ताको उलंघन गरेको बताएका छन् । यस घटनाले अमेरिकासँगको सम्बन्धमाथि नै पुनर्विचार गर्नुपर्ने उनले बताएका छन् ।

विद्रोही संगठन हेजबुल्लाहका कमान्डर अबु मादी अल मुहन्दिसले इरान समर्थित इराकी मिलिसियामाथिको आक्रमण अमेरिकाको लागि महंगो पर्ने बताएका छन् । इरानले उक्त आक्रमणलाई आतंकवादको स्पष्ट नमुना भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?