
२८ पुस, विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले तीनै तहको सरकारले जनताको चाहना र आंकाक्ष अनुसार प्रभावकारी काम गर्न नसके संघीय प्रणाली र प्रदेशको लागि दूर्भाग्य हुने बताएका छन् ।
विराटनगर सुरु भएको तेश्रो प्रदेश समन्वय परिषदको बैठकमा मुख्यमन्त्री राईले भने, ‘अहिले संघीयता विरोधीहरु निकै सल्बलाएका छन । हामी जनताको जनप्रतिनिधिहरुले आफ्नो अधिकार प्रयोग गर्दा गम्भीर र संवेदनशील हुर्नुपर्ने अवस्था छ । जनताको जनअपेक्षा अनुसार तीनै तहका सरकारले कसरी काम गरिरहेका छौं ? सबैले अब एक पल्ट समीक्षा गर्ने दिन आएको छ ।’
आफ्नो अधिकार प्रयोग गर्दा संघीयतामाथि नै प्रश्न चिहृन आउने गरी काम नगर्न पनि स्थानीय तहका जनप्रतिनिधिहरुलाई निर्देशन दिए ।
मुख्यमन्त्री राईले जनताले पारदर्शी र सुशासनसहितको विकास चाहेकोले आफ्नो अधिकार प्रयोग गर्दा सचेत र सजग हुर्नुपर्ने भन्दै सचेत पनि गराएका थिए ।
मुख्यमन्त्री राईले स्थानीय तहको काम कारबाहीका बारेमा विभिन्न तहबाट प्रश्न उठ्ने गरेको भन्दै समग्रतामा प्रणालीप्रतिको बुझाइमा, आफ्नो तहको अधिकार प्रयोग र बुझाइमा नीति, कानून तर्जुमा र बजेट कार्यान्वय गर्ने प्रकृयाको तहमा स्थानीय तहका जनप्रतिनिधिहरुले ध्यान दिनुपर्ने अवस्था रहेको बताए ।
उनले जनतालाई प्रत्यक्ष फाइदा पुग्ने गरी कार्य गर्न र प्रदेश कानूनहरु पालना गर्न स्थानीय तहका प्रमुख उपप्रमुखहरुलाई निर्देशन दिदै प्रदेश कानूनहरु गलत भए प्रदेश सरकार सच्याउन तयार रहेको स्पष्ट पारे ।
कार्यक्रममा वित्तीय संघीयता विज्ञ डा खिमलाल देवकोटाले मुलुममा पहिलो अभ्यासका रुपमा रहेको सघीयताको पूर्ण कार्यान्वयमा तीनै तहको सरकारको सम्बन्ध अपरिहार्य रहेको बताएका थिए ।
प्रतिक्रिया 4