 
																			३० साउन, धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बुधबार (आज) विश्वासको मत लिंदैछन् ।
शाहले दिउँसो ३ बजे बस्ने प्रदेश सभाको बैठकमा विश्वासको मत लिने कार्यसूची रहेको छ ।
शाह कांग्रेस र एमालेको समर्थनमा २० साउनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । ५३ सदस्यीय प्रदेश सभामा विश्वासको मतका लागि शाहलाई २७ जनाको समर्थन आवश्यक पर्छ ।
शाहलाई कांग्रेसका १८ र एमालेका ११ गरी २९ जनाको समर्थन छ भने नागरिक उन्मुक्ति पार्टीसमेत सरकारमा भएकाले नाउपाले पनि विश्वासको मत दिनेछ ।
प्रदेश सभामा १० सिट रहेको माओवादी केन्द्र, ४ सिटको एकीकृत समाजवादी, राप्रपाकी खेमादेवी बिष्ट र स्वतन्त्र सदस्य डा. ताराप्रसाद जोशी प्रतिपक्षमा छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                .png) 
                                                 
                                                .png) 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4