+
+

‘नाई नभन्नु ल ६’को तयारीमा विकास

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ १२ गते १५:५३

चलचित्र ‘नाई नभन्नु ल’को छैटौ सिरिज पनि बन्ने भएको छ । यसका निर्देशक तथा लेखक विकासराज आचार्यका अनुसार, अहिले चलचित्रको स्क्रिप्ट र संगीतमा काम भैरहेको छ । विकासले ‘नाई नभन्नु ल ५’ बनाएपछि ‘हजार जुनी सम्म’ नाममा चलचित्र बनाएका थिए । तर, यो चलचित्र बक्स अफिसमा असफल भयो । यसपछि भने उनी, आफ्नै हिट सिरिजमै लागेका हुन् ।

चलचित्रको छायांकन वैशाखको दोश्रो साताबाट सुरु गर्ने योजना विकासको छ । चलचित्रमा नायक सलोन बस्नेत, बाल–कलाकार अनुभव रेग्मी र सेड्रिना शर्मा पक्का भैसकेको विकासले जानकारी दिए । अन्य कलाकार भने चयन भएका छैनन् ।

यो चलचित्रमा ३ नायिका र एक नायक हुने बताइएको छ । विकासका अनुसार, ३ मध्ये एक नायिका भने नयाँ खोजिनेछ । नायक पनि नयाँ अनुहार नै राख्ने तयारी उनको छ । चलचित्र ‘नाई नभन्नु ल’ नेपाली चलचित्रको सिरिजको दुनियाँमा हिट मानिन्छ । यसका सिरिजका गीतसंगीत र कथावस्तुलाई दर्शकले मन पराउँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?