
चलचित्र ‘छपाक’को रिलिजपछि नायिका दीपिका पादुकोणले आफ्नो नयाँ चलचित्रको घोषणा गरेकी छिन् । दीपिकाले अभिनय गर्न लागेको चलचित्रको नाम ‘दि इन्टर्न’ हो । यो हलिउड चलचित्रको आधिकारिक रिमेक हो ।
यो चलचित्र सन् २०२१ मा रिलिज हुनेछ । यो चलचित्रमा कलाकार ऋषि कपुर र नायिका दीपिका पादुकोणको मुख्य भूमिका रहनेछ ।
सन् २०१५ मा रिलिज भएको ‘दि इन्टर्न’ एक कमेडी चलचित्र हो । एक ७० सालको व्यक्ति र एक यूवतीको कथामा यो चलचित्र बन्नेछ । यसअघि यो चलचित्रको रिमेक कन्नाड भाषामा बनिसकेको छ ।
नायिका पादुकोणले सुनिर खेत्रपालको साथमा यो चलचित्र निर्माण गर्नेछिन् । दीपिका अभिनित नयाँ चलचित्र ‘८३’ रिलिजको तयारीमा छ । चलचित्र ‘छपाक’मा लगानी गरेर निर्माता बनेकी दीपिकाको ‘दि इन्टर्न’ निर्माणको हकमा दोश्रो चलचित्र हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4