+
+

उपराष्ट्रपति कार्यालयको गेटबाहिर ‘शंकास्पद वस्तु’

अनलाइनखबर अनलाइनखबर
२०७६ फागुन ७ गते १९:३१

७ फागुन, काठमाडौं । लैनचौरस्थित उपराष्ट्रपति कार्यालयको गेट अगाडि शंकास्पद वस्तु भेटिएको छ ।

अहिले घटनास्थलमा नेपाली सेनाको बम डिस्पोजल टोली जाँदैछ ।

नेपाली सेनाका सहायक रथी विज्ञानदेव पाण्डेले एक जना महिलाले शंकास्पद वस्तु राखेर गएको भन्ने सूचनाको आधारमा टोली परिचालित भएको अनलाइनखबरलाई बताए । उनले भने, ‘शंकास्पद वस्तु के हो भन्ने चाहिँ टोली पुगिसकेपछि मात्र भेरिफाइ हुन्छ ।’

महानगरीय प्रहरी वृत्त, दरबारमार्गका डीएसपी रञ्जन दाहालले एउटा झोला देखिएपछि सेनाको टोली बोलाइएको अनलाइनखबरलाई बताए ।

यद्यपि, यो तरकारीको झोला हुनसक्ने उनले बताए । ‘जे भए पनि जोखिम लिन मिल्दैन, त्यसैले सेनाको टोली बोलाएका छौं’, दाहालले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?