+
+

बारा र पर्सामा लकडाउन उल्लंघन गर्ने ९४ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ चैत २० गते १९:४३
Photo Credit : अनलाइनखबर फाइल

२० चैत, वीरगञ्ज । बारा र पर्सामा लकडाउन उल्लंघन गर्ने ९४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । काम नहुँदा पनि घर बाहिर निस्केका उनीहरुलाई विभिन्न स्थानबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

पर्सामा ६० जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक वीरेन्द्र शाहीले जानकारी दिए ।

प्रहरीले लकडाउन उल्लंघन गर्नेलाई दुई तीन घण्टा उभ्याएर मात्रै छोड्ने गरेको छ । नियन्त्रणमा लिएका मध्ये ५६ जनालाई होल्डमा राखेर छोडिएको र बाँकी ४ जनालाई पनि छोड्ने तयारी भइरहेको डीएसपी शाहीले जानकारी दिए ।

लकडाउनको उल्लंघन गरेका ६४ वटा मोटरसाइकल र एउटा मिनी ट्रक पनि पर्सामा प्रहरीले नियन्त्रणमा लिएको छ ।सवारीधनीले जरिवाना तिरेर ५ वटा मोटरसाइकल लगेका छन् ।

बारामा प्रहरीले लकडाउन उल्लंघन गर्ने ३४ जनालाई नियन्त्रणमा लिएको छ । संक्रामक रोग ऐन २०२० बमोजिम जिल्ला प्रशासन कार्यालय बाराले जरिवाना लिएर उनीहरुलाई छोडेको छ ।

जिल्लाका विभिन्न स्थानमा लकडाउन उल्लंघन गरी सञ्चालन गरिएका ६३ वटा मोटरसाइकल नियन्त्रणमा लिएर सवारीधनीसँग जरिवाना लिएर छोडिएको जिल्ला प्रहरी कार्यालय बाराका डीएसपी गौतम मिश्रले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?