Comments Add Comment

कैलालीमा नदीमा डुबेर एक जनाको मृत्यु

२० वैशाख, काठमाडौं । कैलालीको भजनीमा नदीमा डुबेर एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भजनी नगरपालिका-४ झलझलीया बस्ने १६ वर्षीय केशब पोखरेल रहेका छन् । स्थानीय कान्द्रा नदीमा नुहाउने क्रममा डुबेर शनिबार उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा उनको शव नदीबाट निकालेको थियो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment