Comments Add Comment

रुपन्देही र बाँकेमा पनि भेटिए कोरोना संक्रमित

१९ वैशाख, काठमाडौं । रुपन्देही र बाँकेमा पनि कोरोना भाइरसका संक्रमित भेटिएका छन् । यससँगै कुल संक्रमितको संख्या ५९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रुपन्देहीका २५ वर्षीय र बाँकेका ६० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

रूपन्देहीकाे कोटहीमाई गाउँपालिका वडा नंं. १ का २५ वर्षीय युवक लकडाउनको समयमा भारतबाट घर आएका थिए

वैशाख ५ गते आएका उनलाई दाजुले भारतीय सीमा क्षेत्रबाट घर नलगी मर्चवार आदर्श वहुमुखी क्याम्पसको क्वारेन्टाइनमा पुर्‍याएका थिए । क्वारेन्टाइनमा बसेका १० जनामध्ये उनमा कोभिड–१९ पोजेटिभ देखिएको हो ।

उनलाई शुक्रबार नै बुटवलको कोरोना विशेष अस्थायी अस्पताल ल्याइएको छ । उनको अवस्था सामान्य रहेको अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले बताए ।

यस्तै बाँकेका कोरोना संक्रमित पुरुष एक महिनाअघि भारतबाट फर्किएका व्यक्ति हुन् ।

उनी लकडाउन शुरु हुनुअघि भारतको नानपारालगायत ठाउँमा गएका थिए । सरकारले सीमा बन्द गरेपछि भारतबाट फर्किएका झन्डै ६०० जनालाई महेन्द्र बहुमुखी क्याम्पसको क्वारेन्टाइनबाट राखिएको थियो । तर उनीहरू प्रहरीको घेरा तोडेर भागेका थिए । यसरी भाग्ने मध्ये उनी पनि एक भएको पाइएको छ ।

चार इलाका सिल गर्ने निर्णय

यसैबीच कोरोना संक्रमित भेटिएसँगै रुपन्देहीको कोटहीमाई गाउँपालिकाको एउटा गाउँ र बाकेको नेपालगञ्जका तीनवटा इलाका सिल गरिएको छ ।

रुपन्देही प्रशासनले कोरोना संक्रमित २५ वषिर्य युवाको गाउं कोटहिमाई वडा नंं. १ को पुर्निहवा गाउँ सिल गरेको रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक हेमकुमार थापाले बताए । संक्रमितलाई लिन भारतीय सीमा क्षेत्रमा लिन गएका उनका दाजुलाई शुक्रबारै क्वारेन्टाइनमा पठाइएको छ । परिवारका अरु ६ जनालाई पनि शनिबार क्वारेन्टाइनमा पठाएर सबैको स्वास्थ्य परीक्षण हुने एसपी थापाले बताए ।

यस्तै नेपालगन्ज उपमहानगरपालिका वडा नंं ८ स्थित २ वटा मस्जिद भएको इलाका सिल गरिएको छ । वडा नंं. ८ स्थित अन्सारी मस्जिद र वडा नं. १ धम्बोजीमा रहेको मस्जिद एरिया शील गरिएको जिल्ला प्रहरी कार्यालय बांकेका प्रवक्ता प्रहरी नायब उपरिक्षक शिवबहादुर सिंहले जानकारी दिए । संक्रमित ६० वषिर्य पुरुष वडा नंं. ८ को डिएसपी रोड महेन्द्र पार्क क्षेत्रमा बस्दै आएका थिए । उनी हरेक दिन अन्सारी मस्जिदमा आउने जाने गर्दथे ।

नेपालगञ्ज धम्वोजीका अर्का एक युवामा पनि कोरोना संक्रमण देखिएको आशंकामा धम्बोजीको मस्जिद क्षेत्र पनि शील गरिएको छ । बांकेको डडुवा गाउँपालिकाका यी युवा धम्बोजीस्थित मस्जिदमा बस्दै आएका थिए ।

उनलाई संक्रमित ६० बषिर्य बृद्धसहित खजुरास्थित सशिल कोइराला क्यान्सर अस्पतालको आइसोलसनमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment