+
+
Shares

रसुवा बाढी : प्रधानमन्त्री उद्धार तथा राहत कोषमा जसपा नेपालद्वारा २१ लाख जम्मा

जनता समाजवादी पार्टी(जसपा) नेपालले रसुवा बाढी प्रभावितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा २१ लाख रुपैयाँ जम्मा गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ३० गते १४:५६

३० भदौ, काठमाडौं । जनता समाजवादी पार्टी(जसपा) नेपालले रसुवा बाढी प्रभावितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा २१ लाख रुपैयाँ जम्मा गरेको छ । जसपा नेपालका तर्फबाट महासचिवद्वय प्रकाश अधिकारी र सुरेन्द्रकुमार झा नेतृत्वको टोली अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटेर उक्त रकम बराबरको बैंक चेक हस्तान्तरण गरेको छ ।

उक्त रकम हस्तान्तरण गर्दा विपद् व्यवस्थापन तथा राहत संकलन समितिका संयोजक पूर्वमन्त्री शैलेन्द्रप्रसाद साहसहित समिति पनि उपस्थित रहेको महासचिव झाले जानकारी दिए ।

जसपा नेपाल यस संकटको घडीमा विपद् प्रभावित नागरिकको साथमा रहेको र नेपाल सरकारको उद्धार, राहत तथा पुनर्स्थापना अभियानले समर्थन गर्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?