+
+
Shares

प्रधानमन्त्रीलाई एमालेले भन्यो– विपत्तिमा एक्लै काफी छु भन्ने घमण्ड नगर्नू

सरकारले बाढीपछि गर्नुपर्ने तत्कालका कामहरू गर्न नसकेको भन्दै उनले केही ठाउँमा चुकेको आरोप लगाइन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ३० गते १४:५२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एमाले सांसद पद्मा अर्यालले प्रतिनिधिसभामा विपत्तिको बेलामा एक्लै पर्याप्त छु भन्ने घमण्ड नगर्न सरकारलाई आग्रह गरिन् ।
  • उनले सरकारले बाढीपछि गर्नुपर्ने तत्कालका काम, सार्वजनिक आह्वान, कूटनीतिक पहल र विज्ञ परिचालनमा चुकिएको आरोप लगाइन् ।
  • अर्यालले विपद्का अनुभवबाट शिक्षा लिएर तत्काल सर्वदलीय बैठक राखेर छलफल गर्नुपर्ने बताइन् ।

३० भदौ, काठमाडौं । प्रतिपक्षी दल नेकपा एमालेले विपत्तिको बेलामा एक्लै पर्याप्त छु भन्ने घमण्ड नपाल्न सरकारलाई आग्रह गरेको छ ।

मंगलबारको प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने क्रममा एमाले सांसद पद्मा अर्यालले यस्तो आग्रह गरेकी हुन् । सरकारले बाढीपछि गर्नुपर्ने तत्कालका कामहरू गर्न नसकेको भन्दै उनले केही ठाउँमा चुकेको आरोप लगाइन् ।

‘सरकारले तत्काल सार्वजनिक आह्वान, अनुरोध, कूटनीतिक पहलमार्फत सहयोग माग गर्नुपर्थ्यो । हामी यहाँ चुक्यौं । हाम्रा विद्यालय वा क्याम्पसका इन्जिनियर वा विभिन्न विज्ञसँग सम्पर्क गरी परिचालन गर्ने कुरामा पनि चुक्यौं,’ उनले भनेकी छिन् ।

उनले प्रधानमन्त्रीलाई सम्बोधन गर्दै देश र जनताको माया सबैलाई बराबर हुने बताइन् ।

‘सरकारले विपद्का अनुभवबाट शिक्षा लिँदै तत्काल सर्वदलीय बैठक राखेर छलफल गर्नुपर्थ्यो, त्यो पनि हुन सकेन । म भन्न चाहन्छु, यो विपत्तिको बेला म एक्लै काफी छु भन्ने घमण्ड नगर्नुस्,’ उनले भनिन्, ‘प्रधानमन्त्रीज्यू देश र जनताको माया तपाईंलाई बढी र हामीलाई कम भन्ने हुन सक्दैन । यसो भन्दैगर्दा काम नै भएन भन्न खोजेको होइन । अझ बेसी गर्न सकिन्थ्यो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?