+
+
Shares

अबका प्रतिगामी र स्वतन्त्रताविरोधी कदम लामो समयका लागि हुँदैनन् : ओली

‘अबका प्रतिगामी कदमहरू, अबका संकीर्णतावादी कदमहरू, अबका स्वतन्त्रताविरोधी कदमहरू लामो समयका लागि हुनै सक्दैनन्,’ ओलीले भने ।

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ २८ गते १४:५१

२८ भदौ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब स्वतन्त्रताविरोधी कदम लामो समय नटिक्ने टिप्पणी गरेका छन् । आइतबार छापा पत्रकारहरूको ज्ञापनपत्र बुझ्दै ओलीले यस्तो बताएका हुन् ।

‘अबका प्रतिगामी कदमहरू, अबका संकीर्णतावादी कदमहरू, अबका स्वतन्त्रताविरोधी कदमहरू लामो समयका लागि हुनै सक्दैनन्,’ ओलीले भने ।

त्यसकारण धैर्यता राखिदिन उनले छापा माध्यमका पत्रकारसँग आग्रह गरे ।

‘अलिकति धैर्यताका साथ, तर पर्खेर बस्ने होइन,’ उनले भने, ‘लक्ष्मीप्रसाद देवकोटाले लेख्नुभएको एउटा कविता छ साँढे भन्ने– नलडी कोही हुन्न विजेता । तपाईँहरूले नलडेर गिभअफ गरिदिनुभयो भने  त सिद्धियो नि !’

उनले छापा पत्रकारले सही कुरा उठाएको भन्दै त्यसमा एमालेले संसद् र बाहिरबाट आवाज उठाएर साथ दिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?