News Summary
Generated by OK AI. Editorially reviewed.- एमाले पुनर्गठनका सुझावबारे सहमति नभएपछि दुईवटा प्रतिवेदन मिलाउने जिम्मा उपाध्यक्ष रामबहादुर थापा, विष्णु पौडेल र शंकर पोखरेललाई दिइएको छ।
- काभ्रेको बल्थलीमा तीन दिन चलेको आवाशीय बैठकमा थापा र महासचिव पोखरेलका छुट्टाछुट्टै प्रतिवेदनलाई मिलाउने प्रयास भए पनि सहमति हुन सकेन।
- एमाले सचिव राजन भट्टराईले बैठकमा उठेका विषय समावेश गरी अन्तिम मस्यौदा पेश गर्न जिम्मेवारी दिइएको र अर्को बैठक आगामी १ गतेपछि बस्ने बताए।
२९ भदौ काठमाडौं । एमाले पुनर्गठनका सुझाव पेश गर्न गठित कार्यदलमा सहमति नभएपछि दुईवटै प्रतिवेदनलाई मिलाउने जिम्मा उपाध्यक्षहरू रामबहादुर थापा, विष्णु पौडेल र शंकर पोखरेललाई जिम्मा दिइएको छ ।
काभ्रेको बल्थलीमा तीन दिनसम्म चलेको आवाशीय बैठकमा उपाध्यक्ष थापा र महासचिव पोखरेलले ल्याएका छुट्टाछुट्टै प्रतिवेदनलाई मिलाउने कोसिस भएको थियो । तर दुवैका प्रतिवेदनमा सहमति नभएपछि थप गृहकार्य गर्नका लागि बैठकले तीन नेतालाई जिम्मा दिएको हो । उनीहरूले अब प्रतिवेदनका विषयहरूलाई मिलाउनका लागि कोसिस गर्नेछन् ।
कार्यदलका सदस्य समेत रहेका एमाले सचिव राजन भट्टराईले प्रतिवेदनको मस्यौदालाई बैठकमा उठेका बिषयहरु समावेस गरि अन्तिम मस्यौदा पेश गर्न जिम्मेवारी दिएको बताए । अर्को बैठक आगामी १ गतेपछि बस्ने छ ।
थापाको प्रतिवेदनमा ओलीलाई पदमा राखेर नै पार्टी अघि बढाउनुपर्ने धारणा छ । पोखरेलको प्रतिवेदनमा पार्टीको पुनर्गठनका लागि नेतृत्वले त्याग गर्नुपर्ने लगायतका विषयहरू छन् ।
प्रतिक्रिया 4