+
+
Shares

बहिष्कार गरेपछि बहसपत्र कार्यदलले भन्यो- जेनजी परिषद् निर्माण कार्य अन्तिम चरणमा

साँझ साँझ ५ बजेका लागि डाकिएको छलफल जेनजी प्रतिनिधिहरूले बहिष्कार गर्ने भएपछि कार्यदलका संयोजकले यसबारे प्रष्टीकरण दिएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १ गते १५:१७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • संविधान संशोधनका लागि गठित कार्यदलले जेनजी प्रतिनिधिसँग छलफलका लागि १ जेठ साँझ ५ बजे बोलाएको थियो।
  • जेनजी प्रतिनिधिहरूले अघिल्लो सरकारसँग भएको सहमतिको विषय उठाएर छलफल बहिष्कार गरेका छन्।
  • कार्यदलका संयोजक असिम शाहले सबै सरोकारवालाको सुझाव समेटेर बहसपत्र पूर्णता दिन खोजेको र जेनजीहरूलाई पनि सुझाव दिन आमन्त्रण गरेको बताए।

१ जेठ, काठमाडौं । संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले जेनजीका प्रतिनिधिसँग छलफल बोलाएको थियो ।

साँझ साँझ ५ बजेका लागि डाकिएको छलफल जेनजी प्रतिनिधिहरूले बहिष्कार गर्ने भएपछि कार्यदलका संयोजकले यसबारे प्रष्टीकरण दिएका छन् ।

कार्यदलका संयोजक असिम शाहले सबै सरोकारवालाको सुझाव समेटेर बहसपत्रलाई पूर्णता दिनु नै कार्यदलको मुख्य ध्येय रहेको र सोहीअनुरूप जेनजीहरूलाई पनि छलफलका लागि आमन्त्रण गरिएको बताए ।

जेनजी प्रतिनिधिहरूले अघिल्लो सरकारसँग भएको सहमतिको विषय उठाएर आजको छलफल बहिष्कार गरेका हुन् ।

शाहले अघिल्लो सरकारसँग भएका सहमतिहरू कार्यान्वयनकै चरणमा रहेको र जेनजी परिषद् निर्माणको कार्य पनि अन्तिम चरणमा पुगेको बताएका छन् ।

यो कार्यदलले आयोजना गरेको छलफल संविधान संशोधनका लागि सुझाव संकलन गर्ने विशेष र फरक उद्देश्यका लागि भएकाले यसलाई अन्य विषयसँग नमिसाउन उनको आग्रह छ ।

कार्यदलले जेनजीहरूबाट मौखिक र लिखित दुवै माध्यमबाट सुझाव लिने गरी समय व्यवस्थापन गरेको छ ।

कार्यदलले गत चैत २५ गतेदेखि सरोकारवालासँग छलफल सुरु गरेको हो । हालसम्म संविधानविद्, पूर्वप्रशासक र सञ्चार क्षेत्रका विज्ञहरूसँग परामर्श गरिसकिएको छ भने आगामी दिनमा अन्य सरोकारवालासँग पनि छलफल गर्ने कार्यक्रम रहेको कार्यदलले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?