+
+
Shares

मकवानपुरका ५ पालिकामा गुणस्तरीय टेलिफोन सेवा नभएकोप्रति सांसद उप्रेतीको ध्यानाकर्षण

अनलाइनखबर अनलाइनखबर
२०८३ भदौ ३० गते १४:५७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मकवानपुरका थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नभएको विषय प्रतिनिधिसभामा उठाइएको छ।
  • मकवानपुर क्षेत्र नम्बर २ का सांसद प्रशान्त उप्रेतीले ‘हेलो, हेलो । आवाज आइराख्या छ ?’ भन्नुपर्ने अवस्था रहेको भन्दै सरकारको ध्यानाकर्षण गरेका हुन्।
  • उप्रेतीले विदेशमा रहेका आफन्तसँग समेत सहज कुरा गर्न नसकिएको भन्दै सूचना तथा सञ्चार मन्त्रालयलाई ध्यान दिन आग्रह गरेका छन्।

३० भदौ, काठमाडौं । मकवानपुरको थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदीमा गुणस्तरीय टेलिफोन सेवा नरहेको भनेर संसद्मा विषय उठेको छ ।

मकवानपुर निर्वाचन क्षेत्र नम्बर दुईबाट निर्वाचिन सांसद प्रशान्त उप्रेतीले यो विषय प्रतिनिधिसभामा उठाएा हुन् ।

‘हेलो, हेलो । आवाज आइराख्या छ ?’ भनेर फोन गर्दा हरेक पटक भन्नुपर्ने अवस्था थाहा, कैलाश, राक्सिराङ, मनहरी र भिमफेदी लगायतका क्षेत्रका नागरिकले भन्नुपर्ने अवस्था रहेको भनेर सरकारको ध्यानाकर्षण गरेका हुन् ।

विश्वले फाईभजी, सिक्सजीको परीक्षण गरिरहेका छन् । एआईको विकासको बारेमा, सुरक्षा र खतराको विषयमा चर्चा भइराख्दा नेपालीहरू भने अझै पनि गुणस्तरीय टेलिफोन सेवाबाट बन्चित छन् ।

विदेशमा रहेका आफन्तसँग कुरा गर्न समेत सहज अवस्था नरहेको भनेर उनले यसलाई दु:खद भनेका छन् । यो विषयमा सूचना तथा संचार मन्त्रालयले ध्यान दिनुपर्ने सांसद उप्रेतीको आग्रह छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?