+
+
Shares

मकवानपुरमा बाढीले ट्रक बगायो, चालक पौडिएर निस्किए

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २९ गते १०:०२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • हेटौंडा उपमहानगरपालिका–१७ को कर्रा खोलामा आएको बाढीले सोमबार बिहान १२ चक्के ट्रक बगाएको छ।
  • प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेका अनुसार खोला तर्ने क्रममा पानीको बहाव बढेपछि ना ७ ख ७६५ नम्बरको उक्त ट्रक बगेको हो।
  • ट्रक चालक दीपक थिङ पौडिएर बाँच्न सफल भएका छन् । उनको खुट्टामा सामान्य चोट लागेको छ।

२९ असार, काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१७ कर्रा खोलाको बाढीले एउटा ट्रक बगाएको छ । चालकले पौडिएर ज्यान जोगाएका छन् ।

हेटौंडा उपमहानगरपालिका–१७ स्थित शिवम् सिमेन्ट उद्योगबाट चुनढुंगा अनलोड गरी फर्किरहेको ना ७ ख ७६५ नम्बरको १२ चक्के ट्रकलाई सोमबार बिहान ७:४५ बजेतिर बाढीले बगाएको हो ।

खोला तर्न ह्युमपाइप राखेर बनाइएको कल्भर्ट (लच्कामा) पानीको बहाव बढ्न गई ट्रक बगाएको प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।

उनका अनुसार ट्रक चालक चितवनको रत्ननगर नगरपालिका–१३ का ३४ वर्षीय दीपक थिङ पौडिएर निस्किएका छन् । उनको खुट्टामा सामान्य चोट लागेको छ । हेटौंडा उपमहानगरपालिका–६ चौघडास्थित एक मेडिकलमा उनको उपचार भइरहेको छ ।

ट्रकलाई खोलाबाट निकाल्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?