+
+
Shares

दोलखाको कालिन्चोक गाउँपालिकामा कृषि अनुदान दुरुपयोग गर्नेहरूमाथि छानबिन हुने

अनलाइनखबर अनलाइनखबर
२०८३ असार २९ गते ९:२१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • दोलखाको कालिन्चोक गाउँपालिकाले २०७४ सालदेखि कृषि तथा पशुपन्छीका नाममा वितरण भएको अनुदान दुरुपयोगको छानबिन गर्ने निर्णय गरेको छ ।
  • गाउँपालिका अध्यक्ष अर्जुनप्रसाद शिवाकोटीका अनुसार अनुदान लिएर काम नगर्ने व्यक्ति तथा संस्थालाई पहिलो चरणमा रकम फिर्ता गर्न सूचित गरिनेछ ।
  • अनुदान दुरुपयोगको छानबिन गर्न भवानी थामीको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको गाउँपालिकाले जनाएको छ ।

२९ असार, काभ्रेपलाञ्चोक । दोलखाको कालिन्चोक गाउँपालिकाले कृषि तथा पशुपन्छी फर्म, सहकारी संस्था, व्यक्ति तथा कृषक समूहले लिएको अनुदानको छानबिन गर्ने भएको छ ।

कालिन्चोक गाउँपालिकाको आइतबार बसेको गाउँसभाको १७औँ अधिवेशनले २०७४ सालदेखि हालसम्म कृषि तथा पशुपन्छी फर्मका नाममा लिइएको अनुदान रकम दुरुपयोग गर्ने व्यक्ति तथा संस्थामाथि छानबिन गरी कारबाही गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष अर्जुनप्रसाद शिवाकोटीले बताए ।

अनुदान दुरुपयोगको छानबिनका लागि गाउँपालिकाले तीन सदस्यीय समिति गठन गरेको छ । समिति संयोजकको जिम्मेवारी गाउँ कार्यपालिका सदस्य भवानी थामीलाई दिइएको छ । समितिमा कार्यपालिका सदस्यहरू रामकृष्ण त्रिपाठी र राजकुमार अधिकारी सदस्य छन् । समितिमा पालिकाको भेटेरिनरी शाखा प्रमुख र कृषि शाखा प्रमुख पनि सदस्य रहने जनाइएको छ ।

पालिका क्षेत्रभित्र कृषि अनुदान लिएर काम नगर्ने तथा कृषि संस्थाका नाममा लिएको अनुदान दुरुपयोग गर्ने व्यक्ति तथा संस्थामाथि कारबाही गरिने अध्यक्ष शिवाकोटीले जानकारी दिए ।

उनका अनुसार लक्षित वर्गका लागि विनियोजित बजेट दुरुपयोग गर्नेहरूलाई पहिलो चरणमा सूचना जारी गरी दुरुपयोग भएको रकम फिर्ता गर्न आग्रह गरिनेछ । रकम फिर्ता नगरे कानुनी प्रक्रिया अगाडि बढाइने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?