+
+
Shares

कोरोनाबाट मृत्यु हुनेको संख्या बेल्जियममा किन बढी ?

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख २० गते १७:५४

२० वैशाख, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९) को असर बेल्जियममा सबैभन्दा बढी देखिएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै एक ग्राफको चर्चा गरेका थिए। जहाँ यो भाइरसबाट प्रभावित हुने मुलुकमा अमेरिका सातौं स्थानमा थियो । यो तालिकामा बेल्जियम सबैभन्दा अगाडि थियो। यो सूची जनसंख्याको अनुपातमा हुने मृत्युको तुलनामा निकालिएको थियो ।

बेल्जियमको जनसंख्या १५ लाख छ । जनसंख्याको हिसाबमा हेर्ने हो भने अहिलेसम्म बेल्जियममा एक लाख जनसंख्यामा ६६ जनाको मृत्यु भएको छ । अमेरिकाको जनसंख्या ३३ करोड छ । अमेरिकामा एक लाख जनसंख्यामा १९ जनाको मृत्यु भएको छ ।

बेल्जियमका संक्रामक रोग विशेषज्ञ तथा सरकारका प्रवक्ता प्राध्यापक वान गुएस्ट भने यी तथ्यांकको तुलना गर्नु गलत भएको तर्क गर्छन् । उनले यो तुलना राजनीतिबाट प्रेरित भएको बताएका छन् ।

उनले राजनीतिक हिसाबमा आफूलाई राम्रो देखाउन यो तुलना गरिएको बताए । उनले अमेरिकाको तुलनामा बेल्जियमले राम्रोसँग कोरोना भाइरस नियन्त्रणको लागि काम गरिरहेको बताए ।

बेल्जियमका अधिकारीका अनुसार अहिले बेल्जियममा जुन हिसाबले गणना गरिएको छ, त्यस्तो हिसाबले विश्वको कुनै पनि मुलुकले गणना गरेका छैनन् । त्यसैले पनि अन्य मुलुकको तुलना बेल्जियमसँग गर्नु उचित नहुने पनि उनीहरूको तर्क छ ।

बेल्जियममा सबै अस्पताल र स्याहार केन्द्रमा शंकास्पद देखिएका बिरामीको मृत्युलाई पनि कोरोना भाइरसको कारण भएको मृत्युमा गणना गरिएको छ। पछिल्लो तथ्यांकअनुसार अहिले बेल्जियममा सात हजार सात सय तीन जनाको कोरोना भाइरसको कारण मृत्यु भएको छ।

जसमध्ये ५३ प्रतिशत मानिसको स्याहार केन्द्रमा मृत्यु भएको थियो। यद्यपि स्याहार केन्द्रमा भएको मृत्युमध्ये अहिलेसम्म केवल १६ प्रतिशतमा मात्र कोरोना भाइरसको पुष्टि भएको छ ।

यसको अर्थ बेल्जियमले कोरोना भाइरसबाट मृत्यु भएको गणनामा राखेका तीन हजार पाँच सय जनामा कोरोना भाइरसको संक्रमण थिएन ।

स्रोत : बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?