Comments Add Comment

देश

List Grid
गोन्द्राङ ढाँट आगजनीका तीन आरोपी धरौटीमा रिहा

८ जेठ, चितवन । एक महिला प्रहरी सहायक निरीक्षकसमेत जल्ने गरी गोन्द्राङ ढाटमा आगो लगाएको आरोपमा पक्राउ परेका तीन जना आरोपी धरौटीमा रिहा भएका छन् । सडक बोर्ड नेपालको दस्तुर संकलन केन्द्रमा गत शुक्रबार आगजनी गरेको आरोपमा उनीहरु पक्राउ परेका थिए । पक्राउ परेर धरौटीमा रिहा हुनेमा रत्ननगर नगरपालिका ९ का कुलप्रसाद लामिछाने, राप्ती नगरपालिका […]

ढाँट आगजनीको आरोपमा रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष पक्राउ

८, जेठ, चितवन । पूर्व पश्चिम राजमार्ग अन्तर्गत टिकौली जंगल छेउमा रहेको सडक बोर्ड नेपालको ढाटमा आगजनी र तोडफोड गरेको आरोपमा रत्ननगर उद्योग वाणिज्य संघका अध्यक्ष राजाराम रेग्मी पक्राउ परेका छन् । उनलाई पूर्वी चितवनबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । केही दिनअघि एक समूहले तोडफोड र आगजनी गर्दा एक जना महिला प्रहरी सहायक निरीक्षक […]

नयाँ शक्तिका सुर्खेत संयोजक प्रचण्डसहित २० जनाले दिए राजीनामा

८ वैशाख, काठमाडौं । नयाँ शक्ति पार्टी नेपालका सुर्खेत संयोजक तथा संघीय परिषद सदस्यसहित २० जनाले राजीनामा दिएका छन् । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालसँग एकता भएपछि संयोजक प्रचण्ड पोख्रेल र संघीय परिषद सदस्य रवि किरण हमाललगायत २० जना नेता कार्यकर्ताहरुले राजीनामा दिएका हुन् । समाजवादी पार्टीका उपाध्यक्षद्वय परशुराम खापुङ र हिसिला यमीलाई […]

कालोपत्रे गर्न बन्द गरिएको तम्घास-सिमलटारी सडक खुल्यो

८ जेठ, गुल्मी । गत शुक्रवारबाट बन्द भएको मदन भण्डारी राजमार्गको गुल्मीको तम्घास-सिमलटारी सडकखण्ड सञ्चालनमा आएको छ । रेसुङ्गा नगरपालिका-४ स्थित छल्दी पनाह पुल नजिकै कालोपत्रे गर्न भन्दै जेठ ३ गतेबाट ६ दिनको लागि बन्द गरिएको सडक बुधवार साझबाट सुञ्चालन गरिएको मदन भण्डारी राजमार्ग कार्यालय गुल्मीले जनाएको छ । राजमार्गको तम्घास सिमलटारी प्यूठान सडकमा कालोपत्रे […]

लुम्बिनीमा ४६ हजार विरुवा रोपिने

८ वैशाख, बुटवल । लुम्बिनी विकास गुरुयोजनाभित्र ४६ हजार विरुवा रोपिने भएको छ । भैरहवा-लुम्बिनी-तौलिहवा सडक सुधारका क्रममा काटिएका रुखको क्षतिपूर्ति स्वरुप लुम्बिनीमा ४६ हजार बिरुवा रोपिने भएको हो । मंगलबार लुम्बिनी विकास कोष, रुपन्देही डिभिजनल वन कार्यालय र भैरहवा लुम्बिनी तौलिहवा सडक सुधार आयोजनाबीच भएको समझदारीमा लुम्बिनी विकास गुरुयोजना भित्र ४६ हजार ५ सय […]

सीके राउतले पाए दल दर्ता प्रमाणपत्र

८ जेठ, काठमाडौं । सीके राउत नेतृत्वको जनमत पार्टी (जपा) निर्वाचन आयोगमा दर्ता भएको छ । निर्वाचन आयोगले उक्त पार्टीलाई दर्ता गर्ने निर्णय जेठ ६ गते गरेको हो । आयोगले राउतलाई दल दर्ता प्रमाणपत्र पनि दिएको छ । उनको पार्टीको दर्ता नम्बर १५० रहेको छ । सीके राउतको पार्टीको कार्यालय भक्तपुरको सूर्यविनायक उल्लेख गरिएको छ […]

प्रसुति गृह र वीर अस्पताल पुनर्निर्माण अन्तिम चरणमा

८ जेठ, काठमाडौं । २०७२ साल वैशाखको भूकम्पबाट क्षति पुगेका थापाथलीस्थित परोपकार प्रसुति गृहको मुख्य भवन र वीर अस्पतालको एक भवनको पुनर्र्निर्माण अन्तिम चरणमा पुगेको छ । दुबै भवन एक महिनाभित्र सञ्चालनमा आउने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जानकारी दिएको छ । पुनर्निर्माण कार्यक्रमअन्तर्गत जापान सरकारको आर्थिक सहयोगमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमार्फत् यी दुई भवन पुनर्निर्माण गरिएको […]

पोखरा–देहरादुन बस सेवा सञ्चालनमा

८ जेठ, पोखरा । पृथ्वी राजमार्ग बस सञ्चालक समितिले बुधबारदेखि पोखराबाट भारतको उत्तराखण्डको राजधानी देहरादुनसम्म सिधा बस सेवा सञ्चालन गरेको छ । समितिअन्तर्गतको मोर्डन ईरा टुर्स एण्ड ट्राभल्सले विगत १२ वर्षदेखि यहाँबाट दैनिक भारतको राजधानी नयाँदिल्लीसम्म बस सञ्चालन गर्दै आएकामा देहरादुनसम्म थप सेवा शुरु गरेको हो । सो सेवाको शुभारम्भ गर्दे समितिका अध्यक्ष एनकुमार साईले […]

७० सैनिकलाई प्रकृति संरक्षण पदक

८ जेठ, काठमाडौं । ७० जना सैनिकलाई ‘प्रकृति संरक्षण पदक’ प्रदान गरिएको छ । प्रकृति संरक्षणमार्फत नेपाली सेनाको गौरव बढाएको भन्दै पदक प्रदान गरिएको हो । पदक पाउनेहरुमा २० जना रथी र महासेनानी दर्जासम्मका रहेका छन् भने ५० जना प्रमुख सेनानीदेखि सिपाही दर्जासम्मका रहेका छन् । बुधबार एक कार्यक्रमकाबीच उनीहरुलाई प्रधानसेनापति महारथी पूर्णचन्द्र थापा बलाध्यक्ष […]

नेकपा, कांग्रेस र राप्रपाले भृकुटीमण्डपको उधारो तिरे

८ जेठ, काठमाडौं । समाज कल्याण परिषद्को भृकुटीमण्डप हातामा कार्यक्रम गरे वापतको बक्यौता भाडा प्रमुख राजनीतिक दलले चुक्ता गरेका छन् । सत्तारुढ नेकपा, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र राप्रपा नेपालले परिषद्लाई १४ लाख रुपैयाँ तिरेका हुन् । उनीहरुसहित दुई दर्जनभन्दा बढी संघ संस्थाले परिषद्लाई चार करोड रुपैयाँ भन्दा धेरै भाडा नतिरेको विषयमा अनलाइनखबरमा समाचार प्रकाशित […]

प्रचण्ड र बेलायती मन्त्रीबीच भेट

८ जेठ, ललितपुर । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग बुधबार बेलायतको अन्तर्राष्ट्रिय विकास विभागकी मन्त्री बरोनस सगले भेटवार्ता गरेकी छन् । ललितपुरको खुमलटारस्थित निवासमा भएको भेटमा नेपालको वर्तमान राजनीति र आर्थिक समृद्धिका बिषयमा छलफल भएको प्रचण्डको सचिवालयले जानकारी दिएको छ । भेटमा अध्यक्ष प्रचण्डले नेपालमा राजनीतिक स्थिरता कायम भएको र आफूहरु आर्थिक समृद्धिका […]

यौनधन्दा चलाएको आरोपमा होटल सञ्चालक दम्पत्ती पक्राउ

८ जेठ, बुटवल । होटलमा यौनधन्दा चलाएको आरोपमा बुटवलमा प्रहरीले होटल सञ्चालक दम्पतिलाई पक्राउ गरेको छ । बुटवल ११ कालिकानगरस्थित राप्ती मेनु होटलमा करिब ६ महिनादेखि बन्धकजस्तै बनेकी कपिलवस्तु घर भएकी १५ वर्षीया किशोरी यौन शोषणको पीडा सहन नसकेर भागेपछि घटना बाहिर आएको प्रहरीको भनाइ छ । होटलमा बढार कुँडार गर्न भनेर राखिएकी युवतीलाई यौन […]

सहसंयोजककै जिम्मेवारीमा रहन रञ्जित तामाङ तयार

८ वैशाख, काठमाडौं । नेकपाका विद्यार्थी नेता रञ्जित तामाङ सहसंयोजकको जिम्मेवारीमा बस्न तयार भएका छन् । तत्कालीन माओवादी केन्द्र सम्बद्ध अखिल क्रान्तिकारीका अध्यक्ष रहेका तामाङले एकतापछि पनि विद्यार्थी संगठनको संयोजकमा दाबी गर्दै आएका थिए । तर, पार्टीले तत्कालीन अनेरास्ववियुका महासचिव ऐन महरलाई संयोजक बनाएर तामाङलाई सहसंयोजकको जिम्मेवारी दिएपछि उनले आफ्नो अपमान भएको भन्दै राजीनामा दिने […]

मनोहरा खोला किनारमा वृक्षारोपण

८ वैशाख, काठमाडौं । अन्तर्राष्ट्रिय जैविक विविधता दिवसको अवसरमा वन तथा वातावरण मन्त्रालयले काठमाडौंको पेप्सीकोलास्थित मनोहरा खोला किनारमा वृक्षरोपण कार्यक्रम आयोजना गरेको छ । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले चाँपको बिरुवा रोपेर कार्यक्रम शुभारम्भ गरे । त्यसपछि मन्त्रालयका सचिव विश्वनाथ ओली, विभिन्न महाशाखा प्रमुख, संरक्षणविद तथा स्थानीयले पनि वृक्षरोपण गरेका थिए । कार्यक्रममा मन्त्री बस्नेतले […]

कर्णालीमा विप्लव समूहका व्यूरो इन्चार्जसहित ५ जना पक्राउ

८ जेठ, काठमाडौं । कर्णाली प्रदेशमा नेपाल कम्युनिस्ट पार्टी विप्लव समूहका भेरी ब्युरो इन्चार्ज बलबहादुर वलीसहित ५ जना पक्राउ परेका छन् । व्युरो इन्चार्ज वली र भेरी ब्यूरो सदस्य एवं सुर्खेत जिल्ला सेक्रेटरी खडकबहादुर खड्का सुर्खेतको भेरीगंगा नगरपालिका ५ भर्लेनीस्थित दलबहादुर वलीको घरबाट पक्राउ परेका प्रहरीले जानकारी दिएको छ । उनीहरुसँग विभिन्न दस्तावेजसमेत बरामद गरिएको […]

प्रहरीलाई छक्याएर भागे १६ वर्षे अभियुक्त

८ जेठ, काठमाडौं । बालिकालाई होटलमा लगेर सहमतिमा शारीरिक सम्बन्ध राख्दा परिवारले थाहा पाएपछि प्रहरी समक्ष बुझाइएका किशोर फरार भएका छन् । महानगरीय प्रहरी वृत्त, महाराजगञ्जले नियन्त्रणमा लिएको १६ वर्षीय किशोर पदम श्रेष्ठ फरार भएका हुन् । वृत्तका प्रमुख डीएसपी फडिन्द्र प्रसाईंले श्रेष्ठ वीर हस्पिटलबाट किशोर फरार भएको पुष्टि गरे । उनले अनलाइनखबरसँग भने, ‘मेडिकल […]

काफल बेचेरै दैनिक ३ हजार कमाइ

८ जेठ, गुल्मी । केही दिनदेखि बजारका बिभिन्न चोकचोकमा मान्छेहरु कोखिलामा झुण्डाइएको डालोमा काफल बेच्नेहरुको देखिन्छन् । काफल जंगलबाट टिपेर बिक्री गर्न बजारमा बेच्नेहरुलाई दैनिक जसो भ्याइननभ्याइ छ । राम्रो आम्दानी हुने र बजारको समेत समस्या नपर्ने भएपछि अहिले धेरैले काफलको ब्यापार गरिरहेका छन् । यो समयमा तम्घास बजारका बिभिन्न चोक तथा बजारमा काफल बेच्नेहरुको […]

उपभोक्ता समितिका अध्यक्ष कुटिए

८ जेठ, सिन्धुपाल्चोक । खानेपानी योजनाको स्थलगत निरीक्षणमा पुगेको बलेफी गाउँपालिकाको प्राविधिक टोली र उपभोक्ता समितिका अध्यक्ष कुटिएका छन् । गाउँपालिकाको वडा नम्बर १, ४, ५ र ६ वडा लक्षित खानेपानी आयोजनाको  मुहान अध्ययन गर्न सीमासीङ पुगेकाे उपभोक्ता समितिका अध्यक्ष महेश नेपालसहितको प्राविधिक टोलीमाथि कुटपिट भएकाे हाे । कुटपिटबाट उपभोक्ता समितिका अध्यक्ष नेपाल घाइते भएका […]

प्रहरी जवानको मोटरसाइकल दुर्घटनामा मृत्यु

८ जेठ, बर्दिया । रोकिराखेको ट्याक्टरको ट्रलीमा मोटरसाइकल ठोक्किँदा बर्दियामा एक जना प्रहरी जवानको मृत्यु भएको छ । बर्दियाको गुलरिया नगरपालिका वडा नम्बर १ खैरापुर घर भएका ३२ वर्षीय प्रहरी जवान अवधेशकुमार यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरीक्षक लक्ष्मण ओलीले बताए । यादवले चलाएको भे ८ प ७८९ नम्वरको मोटरसाइकल गुलरिया नगरपालिका–३ […]

नागरिक सहायता कक्षले सेवाग्राहीलाई राहत, बिचौलियालाई आहत

८ जेठ, गुल्मी । जिल्ला प्रशासन कार्यालय, गुल्मीले गत वैशाखमा स्थापना गरेको नागरिक सहायता कक्ष प्रभावकारी बन्दै गएको छ । बिचौलियाले सेवाग्राहीसँग अनावश्यक लाभ लिन थालेपछि त्यसको अन्त्यका लागि प्रशासन कार्यालयले गत वैशाखमा सहायता कक्ष स्थापना गरेको थियो । प्रवेशद्वारमा रहेको नागरिक सहायता कक्षले अल्मलिने सेवाग्राहीलाई सघाउँदै आएको छ । विगतमा बिचौलियाले लेखिदिने निवेदन पनि […]

‘कथ्य र तथ्य’ बजारमा

२ जेठ, काठमाडौं । मंगलबार धार्मिक विधाको सनातन धर्ममा आधारित आध्यात्मिक पुस्तक  “कथ्य र तथ्य” जनकपुरधाममा बिमोचन भएको छ। सहकारीका सदस्यहरु, जनकपुरका वरिष्ठ समाजसेवी र स्थानीयवासीको उपस्थितिमा पुस्तक बिमोचन गरिएको थियो। नेपाल सरकारमा २९ वर्ष सेवा गरी निवृत भएका इन्जिनियर चन्द्रेश्वर प्रसाद रौनियारले लेखेको यो पुस्तकलाई “अग्निचक्र मासिक”का सम्पादक/प्रकाशक लक्ष्मी नारायण भट्टराईले सम्पादन गरेका हुन् […]