१३ मङ्सिर, पाँचथर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पाँचथर र तेह्रथुम जिल्लाको सीमास्थित तमोरमाथि निर्माणाधीन हाक्पारा पुल एक वर्षभित्र पूरा गर्न निर्देशन दिएका छन्।
सात वर्षदेखि निर्माणधीन उक्त पुल पूरा नभएको सन्दर्भमा आज उहाँले पुलको स्थलगत निरीक्षणपछि यस्तो निर्देशन दिएका हुन्।
पाँचथरको तुम्बेवा गाउँपालिका र तेह्रथुमको छथर गाउँपालिका जोड्ने उक्त पुल १४६ मिटर लामो हुनेछ । पुल निर्माणको प्रगतिबारे जानकारी लिन कोशी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री जीवन आचार्य, नेपाली कम्युनिष्ट पार्टीका कोशी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोलगायत सहभागी थिए । पुल रु २२ करोड ३७ लाखको लागतमा निर्माणाधीन छ ।
प्रतिक्रिया 4