७ मंसिर, काठमाडौं । पर्साको जगरनाथपुर गाउँपालिका-२ स्थित इनर्वामा छोटी भन्सार स्थापना हुनुपर्ने माग स्थानीयले राखेका छन् ।
प्रधानमन्त्री बालेन शाह दुई दिने राजकीय भ्रमणका क्रममा भारतमा रहेका बेला त्यहाँका स्थानीयले भन्सार स्थापना गर्न माग गरेका हुन् ।
प्रधानमन्त्री शाहको भारत भ्रमणको सफलताको कामना स्वरूप दिप प्रज्वलय गर्दै छोटी भन्सार स्थापनाका माग स्थानीयहरूले गरेका हुन् ।
सो क्रममा पर्सा निर्वाचन क्षेत्र नम्बर-४ का सांसद टेकबहादुर शाक्यले इनर्वा नाकामा स्थानीयवासीको सहजताका लागि भन्सार स्थापना गर्नका लागि आवश्यक पहले गर्ने प्रतिबद्धता व्यक्त गरे ।
स्थानीयवासीलाई आवतजावत तथा व्यापारिक गतिविधिमा सहजता प्रदान गर्ने उद्देश्यले इनर्वा नाकाको विकास आवश्यक रहेको भन्दै सांसद शाक्यले यस विषयलाई प्राथमिकतामा राख्ने बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4