+
+
Shares

सुरुङ्गाका विद्यालय मंसिर र फागुनमा आइतबार पनि खुल्ने

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर ६ गते ९:२१

६ मंसिर, सप्तरी । सप्तरीको सुरुङ्गा नगरपालिकाले मंसिर र फागुन महिनाका प्रत्येक आइतबार पनि सामुदायिक विद्यालय सञ्चालन गर्न निर्देशन दिएको छ ।

नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले मंसिर ४ गते सूचना जारी गर्दै नगरपालिकाभित्रका सबै सामुदायिक विद्यालयलाई आइतबारसमेत नियमित पठनपाठन सञ्चालन गर्न आग्रह गरेको हो ।

शिक्षा नियमावली, २०५९ को दशौँ संशोधनअनुसार विद्यालयलाई दिइने स्थानीय बिदा ४५ दिनबाट घटाएर ३० दिन कायम गरिएको भन्दै बिदा मिलानका लागि यस्तो निर्णय गरिएको सूचनामा उल्लेख छ ।

नगरपालिकाले शैक्षिक क्यालेन्डर २०८३ मा जे उल्लेख भए पनि मंसिर र फागुन महिनाका प्रत्येक आइतबार विद्यालय सञ्चालन गर्नुपर्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?