+
+
Shares

भेरी अस्पतालमा प्लास्टिक सर्जरी सेवा सुरु

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर १० गते ७:३१

१० मंसिर, नेपालगञ्ज। भेरी अस्पताल, नेपालगञ्जले विशेषज्ञ स्वास्थ्य सेवालाई थप विस्तार गर्दै न्युरो सर्जरी तथा प्लास्टिक सर्जरी सेवा औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ। यस सेवाको सुरुवातसँगै यस क्षेत्रका बिरामीहरूले अब न्युरो तथा प्लास्टिक सर्जरीसम्बन्धी विशेषज्ञ स्वास्थ्य सेवा आफ्नै क्षेत्रमा सहज रूपमा प्राप्त गर्न सक्ने भएका छन्।

अस्पतालको ६ नं. ओ.पी.डी. (बहिरङ्ग सेवा) बाट प्रत्येक हप्ताको मंगलबार र बिहीबार न्युरो सर्जरी तथा प्लास्टिक सर्जरीसम्बन्धी विशेषज्ञ सेवा उपलब्ध हुनेछ। यसले सम्बन्धित समस्याबाट प्रभावित बिरामीहरूलाई समयमै विशेषज्ञ चिकित्सकीय परामर्श, रोग पहिचान तथा उपचारको पहुँचमा सहजता प्रदान गर्ने अपेक्षा गरिएको छ।

एक कार्यक्रमबीच अस्पताल विकास समिति सदस्य डा. डक्ट प्रसाद धिताल, प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. नविन दर्नाल, सर्जरी विभागका विभागीय प्रमुख डा. सुरेशकुमार नाग, अस्पताल नर्सिङ प्रमुख पद्मा देवी देवकोटा, मेडिसिन विभागका विभागीय प्रमुख डा. राजन पाण्डे, रेडियोलोजी विभागका विभागीय प्रमुख डा. विश्वनाथ शर्मा लगायतको टोलीले संयुक्त रूपमा उक्त सेवाको शुभारम्भ गरेको हो।

यस सेवाका लागि भेरी अस्पतालमा न्युरो सर्जन डा. आलोकचन्द्र ठाकुर तथा प्लास्टिक सर्जन डा. नोबेल पोखरेलले विशेषज्ञ सेवा प्रदान गर्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?