+
+
Shares

आईजीपी विवादको पेसी न्याधीशद्वय फुयाल र पाण्डेयको इजलासमा

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर ७ गते १०:३६

७ मंसिर, काठमाडौं । निवर्तमान आईजीपी दानबहादुर कार्कीले दायर गरेको रिटको पेशी सर्वोच्च अदालतका न्यायाधीशद्धय हरि फुयाल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा परेको छ ।

फुयाल र पाण्डेयको इजलासको ख नम्बर पेशी परेको छ । आईजीपीबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहाकारमा सरुवा गरिएपछि कार्कीले सर्वोच्चमा रिट दायर गरेका थिए ।

उक्त रिटको पहिलो सुनुवाई गर्दै सर्वोच्च अदालतका न्यायाधीश श्रीकान्त पौडेलको इजलासमा कारण देखाउ आदेश जारी गर्दै अन्तरिम आदेशका लागि दुबै पक्षलाई छलफलका लागि बोलाएको थियो । विशेष अग्राधिकार दिँदै ७ मंसिरमा पेशी तोकिएको थियो ।

सोही अनुसार आज कार्कीले दायर गरेको रिटको सुनवाई हुन लागेको हो । १८ कात्तिकमा बसेको मन्त्रीपरिषद् बैठकले कार्कीलाई आईजीपीबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहाकारमा सरुवा गरेको थियो । उनको ठाउँमा डा. मनोज कुमार केसीलाई आईजीपी बनाइएको थियो ।

यो निर्णयविरुद्ध कार्कीले कानूनी उपचार खोज्दै सर्वोच्च पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?