+
+
Shares

५३ करोड जरिवाना सुनाइएका व्यक्ति पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर २ गते १७:३८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राजश्व अनुसन्धान विभागको मुद्दामा उच्च अदालत पाटनले ५३ करोड ८१ लाख ८३ हजार ८१ रुपैयाँ जरिवाना र २ वर्ष कैद सुनाएका गुलसन श्रीवास्तव पक्राउ परेका छन् ।
  • रौतहटको गरुडा नगरपालिका–१ का ३३ वर्षीय श्रीवास्तवलाई सीआईबीले जिल्ला प्रहरी कार्यालय पर्साको सहयोगमा पक्राउ गरेको हो ।
  • नक्कली मूल्य अभिवृद्धि कर विजक जारी गरी कारोबार गरेको कसुरमा उनलाई काठमाडौं जिल्ला अदालतमा उपस्थित गराएर कारागार पठाइएको छ ।

२ मंसिर, काठमाडौं । ५३ करोड जरिवाना सुनाइएका व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा रौतहटको गरुडा नगरपालिका–१ का ३३ वर्षीय गुलसन श्रीवास्तव छन् । उनलाई जिल्ला प्रहरी कार्यालय पर्साको सहयोगमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पक्राउ गरेको हो ।

राजश्व अनुसन्धान विभागले नक्कली मूल्य अभिवृद्धि कर विजक जारी गरी कारोबार गरेको कसुरमा मुद्दा चलाएको थियो । २४ वैशाख २०८१ मा उक्त मुद्दामा उच्च अदालत पाटनले फैसला गर्दै ५३ करोड ८१ लाख ८३ हजार ८१ रुपैयाँ जरिवाना र २ वर्ष कैदको सजाय सुनाएको थियो ।

फैसला कार्यान्वयनका लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराएर कारागार पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?