News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसका नेता उमेश श्रेष्ठका भाइ महेश श्रेष्ठ शनिबार दिउँसो कीर्तिपुरको पाँगाबाट पक्राउ परेका छन्।
- जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दिलिप घिमिरेले पक्राउ पुष्टि गरे पनि कारण खुलाएनन्।
- प्रहरी स्रोतका अनुसार विवादित विचौलिया इनम सापकोटासँगको सम्पर्क र बैंकिङ कारोबार देखिएपछि उनलाई पक्राउ गरिएको हो।
२८ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका नेता उमेश श्रेष्ठका भाइ महेश श्रेष्ठ पक्राउ परेका छन् ।
उनलाई शनिबार दिउँसो कीर्तिपुरको पाँगाबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दिलिप घिमिरेले जानकारी दिए ।
घिमिरेले उनी पक्राउ परेको पुष्टि गरेपछि पक्राउको कारण भने खुलाएनन् ।
प्रहरी स्रोतका अनुसार, उनलाई विवादित विचौलिया इनम सापकोटासँगको सम्पर्क देखिएपछि पक्राउ गरिएको हो ।
उमेश भने कांग्रेसका पूर्व कोषाध्यक्ष हुन् । पक्राउ परेका महेशसँग विचौलिया सापकोटाको बैंकिङ कारोबार देखिएको प्रहरी स्रोतको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4