News Summary
Generated by OK AI. Editorially reviewed.- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भित्री वस्त्रमा लुकाएर ल्याइएको ६३५.९६ ग्राम सुनसहित ४२ वर्षीय चिनियाँ नागरिक झाङ गोअक्वीङ पक्राउ परेका छन्।
- उनी आइतबार राति साढे १० बजे हङकङबाट क्याथे प्यासिफिक एअरको विमानमार्फत काठमाडौं आएका थिए।
- त्रिभुवन विमानस्थल सुरक्षा प्रहरी कार्यालय सानो गौचरले उनलाई पक्राउ गरेको हो।
३० कात्तिक, काठमाडौं । आधा किलो भन्दा बढी सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक चिनियाँ नागरिक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा ४२ वर्षीय चिनियाँ नागरिक झाङ गोअक्वीङ छन् । उनलाई त्रिभुवन विमानस्थल सुरक्षा प्रहरी कार्यालय सानो गौचरले पक्राउ गरेको हो ।
उनी आइतबार राति साढे १० बजे हङकङबाट क्याथे प्यासिफिक एअरको विमानमार्फत काठमाडौं आएका थिए ।
उनले भित्री वस्त्रमा प्लाष्टिकले बेरेर अर्धठोस आकारको सुन ल्याएको पाइएको विमानस्थलका डीएसपी ढुण्डिराज नेउपानेले बताए । बरामद सुनको तौल ६३५.९६ ग्राम रहेको प्रहरीले बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4