News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेस (देउवा समूह)को लुम्बिनी प्रदेश अधिवेशन ७ मंसिरमा दाङको भालुबाङमा हुने भएको छ।
- बैठकले पूर्वसभापति शेरबहादुर देउवाको प्रमुख आतिथ्यतामा अधिवेशन गर्ने निर्णय गरेको प्यूठान जिल्ला सभापति देवेन्द्र वर्माले बताए।
- देउवा समूहले ५ मंसिरदेखि गण्डकीबाट प्रदेश अधिवेशन सुरु गरी १९ गते बागमतीसम्म सातै प्रदेशमा कार्यक्रम गर्ने जनाएको छ।
३० कात्तिक, काठमाडौं । नेपाली कांग्रेस (देउवा समूह)को लुम्बिनी प्रदेश अधिवेशन ७ मंसिरमा हुने भएको छ । दाङको भालुबाङमा सोमबार बसेको समूहको बैठकले ७ मंसिरमा प्रदेश अधिवेशन गर्ने निर्णय गरेको हो ।
बैठकमा सहभागी देउवा समूहका प्यूठान जिल्ला सभापति देवेन्द्र वर्माले पूर्वसभापति शेरबहादुर देउवाको प्रमुख आतिथ्यतामा प्रदेश अधिवेशन गर्ने निर्णय गरेको जानकारी दिए ।
उनका अनुसार अधिवेशनमा देउवा समूहको ‘१५औं नियमित महाधिवेशन आयोजक समिति’का संयोजक डा. शशांक कोइराला पनि सहभागी हुने छन् ।
देउवा समूहले ५ मंसिरबाट प्रदेश अधिवेशनहरू आयोजना गर्दैछ । उक्त समूहको पहिलो प्रदेश अधिवेशन गण्डकीमा हुने भएको छ ।
देउवा समूहको महाधिवेशन आयोजक समितिका सचिवालय संयोजक दीपक कुइँकेलले ५ मंसिरमा गण्डकी प्रदेशबाट अधिवेशन सुरु हुने जानकारी दिए ।
उनका अनुसार, लुम्बिनीपछि १३ गते कर्णाली, १४ गते मधेश, १५ गते सुदूरपश्चिम, १७ गते कोशी र १९ गते बागमती प्रदेशको अधिवेशन हुनेछ ।
पूर्वसभापति देउवा सातै प्रदेशका अधिवेशनहरूमा सहभागी हुने नेता कुईंकेलले बताए ।
प्रतिक्रिया 4