+
+
Shares

देउवा समूहको महाधिवेशन खुलामञ्चमा हुने

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक १३ गते १५:२६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • देउवा समूहले नेपाली कांग्रेसको १५औं महाधिवेशन २१–२३ मंसिरमा खुलामञ्चमा गर्ने भएको छ ।
  • केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव अमृत कार्कीले खुलामञ्च, राष्ट्रियसभा गृह र भृकुटीमण्डप बुक भइसकेको जानकारी दिए ।
  • निर्वाचन समितिका अनुसार उद्घाटन, बन्दसत्र र केन्द्रीय सदस्यको मतदान खुलामञ्चमा हुने छ भने पदाधिकारी चयनका लागि राष्ट्रियसभा गृहमा मतदान हुने छ ।

१३ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको समूहले १५औं महाधिवेशन खुलामञ्चमा गर्ने भएको छ ।

देउवा समूहले २१–२३ मंसिरका लागि निर्धारण गरेको महाधिवेशन खुलामञ्चमा गर्ने भएको हो ।

देउवा समूहले गठन गरेको केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव अमृत कार्कीले महाधिवेशनका लागि खुलामञ्च बुक भइसकेको जानकारी दिए ।

उनका अनुसार महाधिवेशनका लागि देउवा समूहले खुलामञ्चसँगै राष्ट्रियसभा गृह र भृकुटीमण्डप पनि बुक गरेको छ ।

निर्वाचन समितिका अनुसार महाधिवेशनको उद्घाटन, बन्दसत्र र केन्द्रीय सदस्यहरूको मतदान खुलामञ्चमा गरिने छ । यस्तै राष्ट्रियसभामा पदाधिकारी चयनका लागि मतदान हुने छ ।

भृकुटीमण्डप महाधिवेशन प्रतिनिधिहरूलाई खानाको ब्यवस्थाका लागि बुक गरिएको सदस्य सचिव कार्कीले जानकारी दिए ।

१५ असोजबाट वडा अधिवेशन सुरु गरेको देउवा समूहले १५ कात्तिकमा जिल्ला अधिवेशन तोकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?