+
+
Shares

जेनजी आन्दोलनमा कारागारबाट फरार बलात्कार मुद्दाका दोषी पक्राउ

पक्राउ पर्नेमा सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–५ का ३४ वर्षीय भीमबहादुर वाइबा छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ कात्तिक ३० गते १८:१६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • जेनजी आन्दोलनमा केन्द्रीय कारागार सुन्धाराबाट फरार भएका बलात्कार मुद्दाका कैदी भीमबहादुर वाइबा आइतबार जडिबुटीबाट पक्राउ परेका छन् ।
  • सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–५ का ३४ वर्षीय वाइबालाई प्रहरी प्रभाग कोटेश्वरको टोलीले पक्राउ गरी सुन्धारा कारागार पठाएको छ ।
  • उनलाई बलात्कार मुद्दामा ८ वर्ष कैद तोकिएको थियो र ३ वर्ष भुक्तानपछि अझै ५ वर्ष कैद बाँकी छ ।

३० कात्तिक, काठमाडौं । जेनजी आन्दोलनमा केन्द्रीय कारागार सुन्धाराबाट फरार भएका एक कैदीबन्दी पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–५ का ३४ वर्षीय भीमबहादुर वाइबा छन् । उनलाई प्रहरी प्रभाग कोटेश्वरको टोलीले आइतबार जडिबुटीबाट पक्राउ गरेको हो ।

बलात्कार मुद्दामा उनलाई ८ वर्ष कैद तोकिएको थियामे । ३ वर्ष कैद भुक्तान गरेका उनको अझै ५ वर्ष कैद भुक्तान गर्न बाँकी नै छ । उनलाई सुन्धारा कारागार पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?