+
+
Shares

बर्दियामा ब्राउनसुगर सहित एक जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८३ मंसिर १ गते १७:२८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बर्दियाको गुलरिया नगरपालिका–११ लालपुरबाट १ सय ५० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थसहित ३५ वर्षीय सावित साई पक्राउ परेका छन्।
  • महम्मदपुर प्रहरी चौकीबाट खटिएको प्रहरीले उनलाई मंगलबार बिहान पक्राउ गरेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ।
  • प्रहरीले घटनाबारे आवश्यक अनुसन्धान गरिरहेको छ।

१ मंसिर, बर्दिया । बर्दियामा लागूऔषध ब्राउनसुगरसहित एक जना पक्राउ परेका छन् ।

गुलरिया नगरपालिका–११ लालपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ५० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३५ वर्षीय सावित साईलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

प्रहरी चौकी महम्मदपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?