४ मंसिर, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह सबल हुँदा विकासमा तीव्रता आउने बताएका छन् ।
शुक्रबार एमालेबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरूको भेलालाई सम्बोधन गर्दै उनले यस्तो बताइका हुन् ।
‘स्थानीय तहको सवलीकरणका कुरा गर्दा एमालेको ०५१ सालको सरकारलाई भुल्नु हुँदैन’, ओलीले भने ‘त्यतिबेला जनश्रमदान गरेर गाउँ गाउँमा सडक र नहर बनाउने कामको थालनी एमालेले नै गरेको हो ।’
अध्यक्ष ओलीले स्थानीय तह सवलीकरण हुँदा देशलाई कुनै हानी नहुने बताए । उनले स्थानीयलाई स्वायत्तता दिनुपर्ने बताए । उनले भने, ‘स्थानीय तहलाई कार्यकारी, विधायिकी र न्यायिक अधिकार दिनुपर्दछ । सक्षम स्थानीय तहबाटै जनताले संघीयताको अनुभुत गर्न पाउँछन् ।’
राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री गाउँ–गाउँ पुग्न नसक्ने बताउँदै उनले राज्यको प्रतिनिधिको रूपमा स्थानीय तहका प्रतिनिधि जनताका घरघर पुग्नुपर्ने बताए ।
प्रतिक्रिया 4