News Summary
Generated by OK AI. Editorially reviewed.- केपी शर्मा ओलीले राष्ट्रिय कार्यकर्ता भेलामा सरकारको कदमविरुद्ध आन्दोलनको तयारीमा रहन एमाले कार्यकर्तालाई निर्देशन दिएका छन् ।
- ओलीले सरकारले प्रतिशोध, गिरफ्तारी र हमला गर्न सक्ने भन्दै एमालेलाई चुप नबस्ने र लाखौं कार्यकर्ता सडकमा उत्रने चेतावनी दिएका छन् ।
- ओलीले नयाँ आईजीपीले आफू, प्रचण्ड र शेरबहादुर देउवालाई थुनिदिने कबोल गरेको दाबी गरेका छन् ।
२ मंसिर, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कार्यकर्ताहरूलाई आन्दोलनको तयारी अवस्थामा रहन निर्देशन दिएका छन् ।
राष्ट्रिय कार्यकर्ता भेलाको उद्घाटन गर्दै ओलीले सरकारको कदमविरुद्ध आन्दोलन गर्नुपर्ने अवस्था आउन सक्ने बताएका छन् ।
‘आन्दोलनको तयारी हिसाबमा बस्नुस्, कुनैपनि समय सरकारले प्रतिशोध कसैमाथि पनि लिन सक्छ, कसैलाई पनि गिरफ्तार गर्न सक्छ, कसैमाथि हमला गर्न सक्छ,’ ओलीले भने, ‘यो सरकार के गर्छ भन्ने टुंगो ठेगान भएको, तिथिविधि मान्ने, संविधान मान्ने, कानुन मान्ने, एउटा मर्यादाभित्र बस्ने सरकार होइन ।’
आफ्नो गिरफ्तारी र संभावित गिरफ्तारीबारे लामै चर्चा गरेका ओलीले लाखौंको संख्यामा एमाले सडकमा उत्रने चेतावनी पनि दिए । ‘एमाले चुप लागेर बस्नेछैनौं । संख्या केही हजारका दरले त्यसबेला (ओली गिरफ्तार हुँदा) निस्कियो होला । अब लाखका हिसाबले निस्कन्छ,’ ओलीले चेतावनी दिए ।
नयाँ आईजीपीले ओली, प्रचण्ड र शेरबहादुर देउवालाई थुनिदिने कबोल गरेको पनि ओलीले दाबी गरेका छन् ।
प्रतिक्रिया 4