२६ कात्तिक, काठमाडौं । एमालेका अध्यक्ष केपी शर्मा ओलीले मकवानपुरको भीमफेदीमा भएको सवारी दुर्घटनामा यात्रुहरूले ज्यान गएको घटनाप्रति दुःख व्यक्त गरेका छन् ।
ओलीले शोक वक्तव्य जारी गर्दै छठ पर्व मनाउन उत्साहका साथ घर फर्किरहेका नागरिकले अकालमै ज्यान गुमाउनुपरेको घटनाले आफूलाई मर्माहत र स्तब्ध बनाएको बताएका छन् ।
उनले दुर्घटनामा परी ज्यान गुमाउनेप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन् ।
साथै, दुर्घटनामा घाइते भएकाहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् ।
अध्यक्ष ओलीले दुर्घटनामा घाइते भएका सबैको निःशुल्क र प्रभावकारी उपचारको व्यवस्था मिलाउन सरकार तथा सम्बन्धित निकायसँग माग गरेका छन् ।
मृतकका परिवारलाई तत्काल उचित राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन पनि उनले सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् ।
प्रतिक्रिया 4