Comments Add Comment

देश

List Grid
ट्याक्टर र मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु

६ चैत, महोत्तरी  । बर्दिवास नपा ५ मा बुधबार ट्याक्टर र मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गमा उखु बोकेको ज १ त ९८४२ ट्याक्टर र बा ७३ प ८१४३ मोटरसाइकल ठोक्किदा ट्याक्टरमा सवार सर्लाही हरिपुर ७ बस्ने २५ वर्षका राजवीर रायको मृत्यु भएको हो । रायलाई ट्याक्टरले नै किचेको जिल्ला ट्राफिक प्रहरी […]

होली मनाउन हिँडेका युवकको मृत्यु

६ चैत, धादिङ  । होली मनाउन पोखरातर्फ जाँदै गरेका एक युवाको बुधबार धादिङको बेनिघाटमा मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ । काठमाडौँबाट पोखरातर्फ जाँदै गरेको ग१३प ८०८५ नंम्बरको मोटरसाइकल र हेटौँडाबाट काठमाडौँतर्फ जाँदै गरेको ना ६ ख ४११४ नंको ट्रक बेनिघाटरोराङ गाउँपालिका–५ बेनिघाट गोमती पुलमा एकापसमा ठक्कर खाएर दुर्घटना भएको थियो । दुर्घटनामा पोखरा महानगरपालिका-२३ का २० […]

नवलपरासीका ४ सय ६८ भूकम्प पीडितले लिए तेस्रो किस्ता

६ चैत, नवलपरासी । पूर्वी र पश्चिम नवलपरासी गरी नवलपरासीका ४ सय ६८ घर भुकम्प पीडितले नयाँ घर पुननिर्माणका लागि तेस्रो किस्ता रकम लिएका छन् । सरकारले भूकम्प प्रभावितहरुलाई निजी आवास पुनर्निर्माणका लागि प्रतिपरिवार ३ लाख रुपैयाँ उपलब्ध गराउने गरेको छ । तीमध्ये पहिलो किस्ता ५० हजार रुपैयाँ, दोस्रो किस्ता १ लाख ५० हजार रुपैयाँ […]

रुखो पाखोमा पूर्वमन्त्रीको ड्रागन खेती

६ चैत, लमही । तुलसीपुर–घोराही सडक खण्डसँग सटेको जग्गा । वर्षौंदेखि बाँझो । त्यही जग्गामा अहिले फलामका खाँबा गाडिएका छन् । ती खाँबासँगै भर्खरै बिरुवा रोपिएका छन् । झट्ट हेर्दा जो कोहीलाई अनौठो लाग्न सक्छ, त्यसमा पनि पूर्वमन्त्री लोकेन्द्र बिष्ट मगर फरुवा समाएर खनिरहेको भेटिन्छन् । पूर्वमन्त्री मगरले दाङ तुलसीपुर उपमहानगरपालिका वडा नं १८ मा […]

काठमाडाैं महानगरको न्यायिक समितिमा घरधनीका समस्या बढी

६ चैत, काठमाडौँ । काठमाडौँ महानगरपालिकाको न्यायिक समितिमा सबैभन्दा बढी घरधनीका समस्या आउने गरेका छन् । घर भाडामा बस्नेले सम्बन्धित घरधनीलाई समयमानै भाडा नबुझाएको र अन्त्यमा जानकारी बिनै कोठा छोडी जानेको उजुरी सङ्ख्या बढिरहेको महानगरले जनाएको छ । न्यायिक समितिका संयोजक तथा उपप्रमुख हरिप्रभा खड्गी (श्रेष्ठ) का अनुसार यस्ता किसिमका उजुरी दैनिक दश वटासम्म आउने गरेका […]

राजनीतिक स्वार्थले थलियो बुटवल सामुदायिक वन

६ चैत, बुटवल । सरकारले उत्कृष्ट वनको रुपमा सम्मान गरेको बुटवल सामुदायिक वन विगत १ बर्षदेखि अस्तब्यस्त बनेको छ । वन समूहमा दुई समानान्तर समिति हुँदा कार्यालयमा ताला लाग्ने र खोल्ने प्रतिस्पर्धा जस्तो चलिरहेको छ । बुटवल उपमहानगरपालिका वडा नं १ र २ रहेको वनमा बिगत १ बर्षदेखिको विवाद बढेको हो । दुई समितिले आफू […]

धुलोले आजित !

६ चैत, काठमाडौ । चाबहिलबाट शंखरापुरको छापभन्ञ्याङ हुँदै मेलम्ची पुग्ने सडक छेउ ठूलो बस्ती बसिसक्यो । यातायातको सहजता र बन्दव्यापार हुने भएकाले सडक केन्द्रित वस्ती यस्तै ठाउँमा विस्तार हुने गर्छ र यहाँ पनि यस्तै भएको हो । शंखरापुरवासीले शहरको सुविधा खासै पाएका छैनन् । अधिकाँशलाई धुलो सताएको छ । चाबहिलबाट साँखु हुँदै मेलम्ची पुग्ने सडकखण्ड अन्तर्गतको […]

५१ वर्षपछि सरकारी अधिकारी बारेकोटमा

६ चैत, जाजरकोट । ५१ वर्षपछि उच्च सरकारी टोली भौगोलिकरूपमा अत्यन्त विकट बारेकोट गाउँपालिका पुगेको छ । ०२४ पछि पहिलोपटक जाजरकोटका प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेत, राष्ट्रिय अनुसन्धान विभाग, जिल्ला वन डिभिजन, प्रहरी प्रमुखलगायतको टोली बारेकोट पुगेको हो । जिल्ला प्रशासन कार्यालयले गाउँपालिकाका विभिन्न वडामा बृहत् शिविर गरेर स्थानीयवासीलाई नेपाली नागरिकताको प्रमाणपत्र वितरण र मतदाता […]

साफ महिला : पहिलो हाफमा श्रीलंकाविरुद्ध नेपालको अग्रता

६ चैत, विराटनगर । साफ महिला च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा नेपालले श्रीलंकासँग पहिलो हाफसम्म १-० गोलको अग्रता बनाएको छ । नेपालकी पुनम जर्घामगरले ४२औं मिनेटमा गोल गर्दै अग्रता दिलाएकी हुन् । उनले सावित्राको हेड पासमा गोल गरेकी थिइन् । पुनमकै गोलको आधारमा नेपालले पहिलो हाफसम्म १-० गोलको अग्रता बनाएको छ । खेलको सुरुआती समयदेखि नै नेपालले […]

साफ महिला फुटबल : श्रीलंकाविरुद्ध यस्तो छ नेपालको रणनीति

६ चैत, विराटनगर । साफ महिला च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा नेपालले केहीबेर पछि श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ । विराटनगरको शहिद रंगशालामा हुने खेलमा नेपाली टिममा कुनै परिवर्तन गरिएको छैन । बंगलादेशविरुद्ध सुरुवाती एघारमा खेलेका खेलाडी नै आज मैदानमा उत्रिदै छन् । ४-४-२ को फर्मेसनमा नेपालले खेल्ने रणनीति बनाएको छ । स्पष्ट जित हात पार्दै फाइनलमा पुग्ने लक्ष्यमा […]

लेनदेन विवादमा कपिलवस्तुमा वृद्धको हत्या

६ चैत, बुटवल । कपिलवस्तुमा इँटा प्रहार गरेर एक वृद्धको हत्या भएको छ । कपिलवस्तुको शिवराज नगरपालिका– ६ का ७० वर्षीय त्रिवेणी यादवको बुधबार बिहान हत्या भएको हो । पिपरी चोकस्थित गणपति पेट्रोल पम्प अगाडि घरमा सुतिरहेका यादवलाई बुधबार बिहान ३ बजे इँटा प्रहार गरेर हत्या गरिएको वडा प्रहरी कार्यालय, चन्द्रौटाका प्रमुख महेश्वर उपाध्यायले जानकारी […]

जुम्लामा अझै पाठ्यपुस्तक पुगेन, शिक्षक–विद्यार्थीमा अन्योल

६ चैत, जुम्ला । चन्दननाथ गुरुकुल पाठशाला जुम्लामा पाठ्यपुस्तक आइनपुग्दा विद्यार्थीलाई समस्या भएको छ । समयमै पाठ्यपुस्तक नहुँदा विद्यार्थीहरुले राम्रोसँग पढ्न नपाएको प्रध्यानाध्यापक विश्वराज उपाध्यायले बताए । पाठशालाका विद्यार्थीहरुले हरेक वर्ष यस्तै समस्या भोग्दै आएको उनको भनाइ थियो । अहिले पाठशालामा नेपाली, सिर्जनात्मक, संस्कृत, व्याकरण गरी चार विषयमा अध्यापन भइरहेको पाठशालाले जनाएको छ । यता […]

तीन दिन वर्षाको सम्भावना

६ चैत, काठमाडौं । काठमाडौं उपत्यकासहित देशको विभिन्न भागको मौसममा बदली आएको छ । मौसमविदका अनुसार, यो क्रम अझै केही दिन चल्नेछ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बुधबार, बिहीबार र शुक्रबार तीन दिन पहाडी तथा मध्यपहाडी भागमा मेघ गर्जनसहित वर्षाको सम्भावना छ । यी क्षेत्रमा तीनै दिन अपराहृनपछि मेघ गर्जनसहित छिटपुटदेखि हल्का वर्षा हुने प्रक्षेपण […]

कर्मचारी श्रीमान्–श्रीमती एकै ठाउँमा पार्न माग

५ चैत, काठमाडौं । सङ्घ, प्रदेश र स्थानीय तहमा समायोजनमा परेका कर्मचारीले श्रीमान्–श्रीमती एकै ठाउँमा नपरेको जनाउँदै समायोजन संशोधन गर्न माग गरेका छन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको गुनासो सम्बोधन सहयोगी कक्षमा समायोजन भएका कर्मचारीले श्रीमान्–श्रीमती एकै ठाउँमा नपरेकादेखि समायोजन गर्दा स्तरोन्नति नभएको भनेर संशोधनका लागि निवेदन दर्ता गराएका छन् । मन्त्रालयले समायोजनमा […]

चितवनमा फागुनभित्र गाडी दुर्घटनामा ८ को मृत्यु, ३७ जना घाइते

५, चैत, चितवन । गएको फागुनमा जिल्लामा भएका सवारी दुर्घटनामा ८ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ । दुर्घटनामा परी सात जना पुरुष र एक बालिकाले ज्यान गुमाएका छन् भने ३७ जना घाइते भए । २० जना गम्भीर घाइते बने । ३३ दुर्घटना भएकोमा मोटरसाइकल दुर्घटना मात्रैं १४ वटा भएको जिल्ला […]

गुल्मीमा लडेर महिलाको मृत्यु

५ चैत, गुल्मी । गुल्मीमा एकजना महिलाको लडेर मृत्यु भएको छ । जिल्लाको छत्रकोट गाउँपालिका-३ राजापानीकी ४१ वर्षीय शान्ति परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक रवीन्द्र खड्काले जानकारी दिए । शान्तिलाई सोमबार साँझ कामबाट घर फर्किर्ने क्रममा घरभन्दा ५ सय मिटर पर परिवारले घाइते अबस्थामा फेला पारेका थिए । शान्तिको श्रृङ्गा स्वास्थ्य […]

आदिवासी जनजातिको सूची पुनरावलोकन गर्न सिफारिस

५ चैत, काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले आदिवासी जनजातिहरूको सूची पुनरावलोकन गर्न सरकारलाई सिफारिस गरेको छ । मंगलबार सार्वजनिक अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) महासन्धि नं १६९ कार्यान्वयन अवस्था सम्बन्धमा आयोगले गरेको अध्ययन प्रतिवेदनमा छुट भएकाहरूलाई आदिवासी जनजातिमा सूचिकृत गर्न सिफारिस गरिएको छ । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन २०५८ अनुसार ५९ वटा जात, […]

भरतपुर अस्पतालका पूर्वअध्यक्ष सुवेदीद्वारा अंगदान

५ चैत, चितवन । भरतपुर अस्पतालका पूर्वअध्यक्ष एवं चितवन क्षेत्र नम्बर २ (ख) का सांसद विजय सुवेदीले मरणोपरान्त अंंगदान गरेका छन् । ५६ औं जन्मदिनको अवसर पारेर सांसद सुवेदीले भरतपुर अस्पतालमै पुगेर अंगदान गरेका हुन् । उनले मृत्यु पश्चात् मुटु, कलेजो, फोक्सो, प्यान्क्रियाज, मिर्गौलालगायत अंगदान गर्ने मञ्जुरी दिए । सांसद सुवेदी भरतपुर अस्पतालमा अंग दान […]

पीडक पक्षको हस्तक्षेप रोक्न माग गर्दै राष्ट्रसंघ भवनमा डा. केसी

५ चैत, काठमाडौं । डा. गोविन्द केसीले संक्रमणकालीन न्याय प्रक्रियालाई पीडक पक्षको हस्तक्षेपबाट मुक्त गर्नुपर्ने माग गर्दै संयुक्त राष्ट्रसंघीय मानव अधिकार उच्चायुक्तको कार्यालयमा ज्ञापन पत्र बुझाएका छन् । केसीसँगै अधिवक्ता ओमप्रकाश अर्याललगायत चार जनाले राष्ट्र संघ भवन, पुल्चोकमार्फत ६ बुँदे ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापनपत्रमा सत्य निरुपण र वेपत्ता आयोगलाई अन्तर्राष्ट्रिय मापदण्ड बमोजिम अधिकार सम्पन्न, […]

३ वर्षीया बालिका बलात्कार गर्न खोजेको आरोपमा पक्राउ

५ चैत्र, नवलपरासी । नवलपरासी प्रहरीले ३ वर्षीया बालिकालाई जबरजस्ती करणी गर्न खोजेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका-५ वेतहानी वस्ने ३२ वर्षीय रामदुलारे लोनिया पक्राउ परेका हुन् । लोनियाले मादकपदार्थ सेवन गरेर बालिका घर एक्लै भएको बेला जबरजस्तीकरणीको प्रयास गरेको आरोप लागेको छ । उनलाई बालिका जबरजस्ती करणी उद्योग […]

बल्ल भयो बाह्रबिसेको नगरसभा बैठक

५ चैत, सिन्धुपाल्चोक । दुई पटकसम्म स्थगित भएको बाह्रविसे नगरपालिकाको नगर सभा बैठक बसेको छ । बहुमत सदस्यले बहिस्कार गरेका कारण नगरसभा हुन नसकेपछि प्रदेश ३ सरकारले ल्याएको नयाँ कानूनअनुसार फेरि बैठक बोलाइएको थियो । प्रदेश ३ सरकारले गाउँ/नगर/जिल्ला सभा सञ्चालन कार्यविधि २०७५ स्थानीय तहमा वहुमत सदस्यले नगरसभा वा गाउँ सभा बहिस्कार गरेमा पहिलो नगर […]