+
+
Shares

गुल्मीको मुसिकोटबाट भूमि प्रशासन सेवा सुरु

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज २० गते ८:२४

२० असोज, गुल्मी । गुल्मीको मुसिकोट नगरपालिकाको प्रशासकीय भवनबाटै नापी तथा भूमिप्रशासनसम्बन्धी सेवा औपचारिक रूपमा सुरु भएको छ ।

नगरपालिकामै भूमिप्रशासन सेवा सञ्चालनमा आएपछि जग्गा प्रशासनसम्बन्धी कामका लागि सदरमुकाम वा अन्यत्र धाउनुपर्ने स्थानीयको बाध्यता अन्त्य हुने भएको छ ।

भूमिप्रशासन सेवा सुरु भएसँगै आज आफ्नो कुल मन्दिरका लागि खरिद गरिएको जग्गा कुल उद्धार समितिका अध्यक्ष कर्ण जिसीका नाममा रजिस्ट्रेसन पास गरी लालपुर्जा (जग्गाधनी दर्ता प्रमाणपूर्जा) हस्तान्तरण गरिएको छ ।

नगरपालिकामै भूमिप्रशासन सेवा सञ्चालन भएपछि गरिएको यो पहिलो महत्त्वपूर्ण कामका रूपमा समेत यसलाई हेरिएको नगरप्रमुख जीवन खरेलले बताए ।

उनले सेवा सञ्चालनका लागि आवश्यक प्रक्रिया पूरा गर्न सहयोग गर्ने संघीय तथा स्थानीय तहका जनप्रतिनिधि, कर्मचारी र सम्बन्धित सबै पक्षप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा नागरिकलाई सहज, सरल र प्रभावकारी सेवा दिने प्रतिबद्धता जनाए ।

कुल उद्धार समितिका समितिका अध्यक्ष जिसीका अनुसार नगरपालिकाबाटै सेवा लिन पाउदा सहज भएको बताए ।

नगरपालिकामै भूमिप्रशासन सेवा सञ्चालनमा आउनुले जग्गा दर्ता, रजिस्ट्रेसन तथा अन्य भूमिसम्बन्धी प्रशासनिक कामका लागि नागरिकलाई सहजता हुने विश्वास गरिएको छ ।

मुसिकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद भण्डारीले भूमिप्रशासन सेवा नगरपालिकामै सञ्चालनमा आउनु स्थानीयका लागि सेवा प्रवाहको दृष्टिले महत्वपूर्ण कदम भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?