+
+
Shares

२४ वर्षीय यादव कांग्रेस महाधिवेशन प्रतिनिधि

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज १६ गते १६:४०

१६ असोज, सिरहा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि सिरहा क्षेत्र नम्बर–४ बाट २४ वर्षीय युवा नेता विनय कुमार यादव (अधिकारी) महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् ।

नरहा गाउँपालिका–३ का स्थायी बासिन्दा यादव ३५ वर्षमुनिको युवा क्लस्टरतर्फबाट महाधिवेशन प्रतिनिधि बनेका हुन् ।

यादवले २०७४ सालमा नेपाल विद्यार्थी संघको सचिव पदमा निर्वाचित हुँदै राजनीतिक यात्रा सुरु गरेका थिए । हाल उनी नेपाल विद्यार्थी संघको जिल्ला सचिव सदस्यका रूपमा समेत सक्रिय छन् ।

कांग्रेसको विधानअनुसार प्रत्येक संघीय निर्वाचन क्षेत्रबाट ३५ वर्षमुनिका युवामध्ये दुई जना खुला र एक जना महिलासहित तीन जनालाई केन्द्रीय महाधिवेशन प्रतिनिधिका रूपमा चयन गर्ने व्यवस्था छ ।

सोही प्रावधानअनुसार यादव सिरहा क्षेत्र नम्बर–४ बाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका हुन् ।

राजनीतिसँगै सामाजिक क्षेत्रमा समेत सक्रिय यादवले गोलबजारमा काठ तथा फर्निचर व्यवसाय सञ्चालन गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?