News Summary
Generated by OK AI. Editorially reviewed.- सीआईबी र प्रहरीको संयुक्त टोलीले एक अर्ब ३ करोड ८४ लाख ७५ हजार ८४५ रुपैयाँ बराबरको हुण्डी कारोबार आरोपमा ज्योति शाहीलाई धरानबाट पक्राउ गरेको छ।
- शाहीले घरेलु तथा साना उद्योग कार्यालय इटहरीमा दर्ता गराएर मनी ट्रान्सफर चलाउँदै आएका थिए।
- प्रहरीका अनुसार उनले मनी ट्रान्सफरको नाममा ५२ वटा बैंक तथा वित्तीय संस्थामा खाता खोलेर कारोबार गरेका थिए।
९ असोज, काठमाडौं । एक अर्ब रुपैयाँ भन्दा बढीको हुण्डी कारोबार आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरीको धरान उपमहानगरपालिका–१३ घर भएका ज्योति शाही छन् ।
उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी), कोशी प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय सुनसरीको संयुक्त टोलीले धरानको खैरेनीबाट बिहीबार पौने ५ बजे पक्राउ गरेको हो ।
उनले १ अर्ब ३ करोड ८४ लाख ७५ हजार ८४५ रुपैयाँ बराबरको हुण्डी कारोबार गरेको भेटिएको सीआईबीका एसएसपी तथा प्रवक्ता अनुपम शमशेर जबराले बताए ।
उनले केही व्यक्तिसँग मिलेर घरेलु तथा साना उद्योग कार्यालय इटहरीमा दर्ता गराएर मनी ट्रान्सफर चलाउँदै आएका थिए ।
प्रहरीका अनुसार मनी ट्रान्सफरको नामबाट कृषि विकास बैंक, सेन्चुरी कमर्सियल बैंक, ग्लोलब आईएमई बैंक लगायत ५२ वटा बैंक तथा वित्तीय संस्थाहरुमा खाता खोलेर सञ्चालन गरेको पाइएको छ ।
प्रतिक्रिया 4