+
+
Shares

दोभान-सिद्धबाबा सडकखण्ड राति बन्द

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ९ गते १०:००
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • निरन्तरको वर्षाका कारण पहिरो, बाढी र डुबानको जोखिम बढेपछि पाल्पाको दोभान-सिद्धबाबा सडकखण्डमा राति सवारी सञ्चालनमा रोक लगाइएको छ।
  • जिल्ला प्रशासन कार्यालय पाल्पाले बिहीबारदेखि १२ असोजसम्म बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्म पूर्ण रोक लगाएको छ।
  • बिहीबार बिहान सिद्धबाबा क्षेत्रमा ढुंगासहितको पहिरो खसेपछि केहीबेर सवारी आवागमन बन्द भएको थियो।

९ असोज, पाल्पा । निरन्तरको वर्षाका कारण हुन सक्ने जोखिमलाई मध्यनजर राखेर सिद्धार्थ राजमार्ग अन्तर्गत  दोभान-सिद्धबाबा सडकखण्ड राति सवारी सञ्चालनमा रोक लगाइएको छ ।

जिल्ला प्रशासन कार्यालय पाल्पाले सूचना जारी गर्दै बिहीबारदेखि १२ असोजसम्म दोभान-सिद्धबाबा क्षेत्रमा बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा पूर्णतया रोक लगाएको जनाएको छ ।

लगातार भइरहेको वर्षाका कारण पहिरो, बाढी तथा डुबानको जोखिम बढेपछि सवारी आवागमन बन्द गर्ने निर्णय गरिएको  सहाय प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले जानकारी दिए ।

यात्रु तथा सवारी साधनको सुरक्षालाई प्राथमिकतामा राख्दै जोखिम न्यूनीकरणका लागि यो निर्णय गरिएको स्थानीय प्रशासनले जनाएको छ ।

उक्त क्षेत्र सो राजमार्गको सबै भन्दा जोखिमको क्षेत्र मानिन्छ । वर्षपछि ढुंगा खस्ने र पहिरो जाने जस्ता समस्याले यात्रुले सास्ती खेप्दै आएका छन् ।

बिहीबार बिहान पनि सिद्धबाबा क्षेत्रमा ढुंगासहितको पहिरो खसेपछि केहीबेर सवारी आवागमन बन्द भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?