+
+
Shares

अविरल वर्षाका कारण पहिरो, सिद्धार्थ राजमार्गसहितका अन्य सडक बन्द

सिद्धार्थ राजमार्गकै तिनाउ गाउँपालिका–५ स्थित चरचरे र जोरधाराको बीचमा पनि वर्षाका कारण माथिबाट पहिरो खसेर बाटो अवरुद्ध भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ९ गते १२:४९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अविरल वर्षाका कारण पाल्पाका विभिन्न स्थानमा पहिरो खस्दा सिद्धार्थ राजमार्ग र मुख्य तथा सहायक सडक खण्डहरू अवरुद्ध भएका छन्।
  • तिनाउ गाउँपालिका–३ को तल्लो सिद्धबाबा मन्दिर नजिकै सडक माथिबाट ढुङ्गा र माटो खस्दा सिद्धार्थ राजमार्ग पूर्ण रूपमा बन्द भएको प्रहरीले जनाएको छ।
  • स्थानीय प्रशासनले दोभान सिद्धबाबा क्षेत्रमा आगामी १२ गतेसम्म रातिको समयमा सवारी सञ्चालनमा पूर्ण रोक लगाएको छ।

९ असोज, पाल्पा । अविरल वर्षाका कारण पाल्पाका विभिन्न स्थानमा पहिरो जाँदा सिद्धार्थ राजमार्ग लगायतका मुख्य तथा सहायक सडक खण्डहरू अवरुद्ध भएका छन् ।

शुक्रबार बिहानैदेखि जिल्लाका तीन प्रमुख स्थानमा पहिरो खसेपछि सवारी साधनको आवागमन ठप्प भएको प्रहरीले जनाएको छ ।

सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–३ स्थित तल्लो सिद्धबाबा मन्दिर नजिकै सडक माथिबाट ठूलाठूला ढुङ्गा र माटो खस्दा सिद्धार्थ राजमार्ग पूर्ण रूपमा बन्द भएको हो ।

त्यसैगरी, सिद्धार्थ राजमार्गकै तिनाउ गाउँपालिका–५ स्थित चरचरे र जोरधाराको बीचमा पनि वर्षाका कारण माथिबाट पहिरो खसेर बाटो अवरुद्ध भएको छ ।

राजमार्गका साथै ग्रामीण सडक सञ्जालमा समेत पहिरोले क्षति पुर्‍याएको पाल्पा प्रहरीले जनाएको छ ।

रिब्दीकोट गाउँपालिका–५ स्थित माराबास र बोदीको बिच बतासेबाट रैनादेवी छहरा गाउँपालिका जोड्ने भित्री सडक खण्डमा वर्षापछि खसेको पहिरोका कारण सवारी साधन चल्न सकेका छैनन् ।

पहिरो गएका सबै स्थानमा सडक खुलाउनका लागि आवश्यक समन्वय र पहल भइरहेको प्रहरी तथा स्थानीय प्रशासनले जनाएको छ ।

तर, निरन्तरको वर्षा र पहिरो खस्ने क्रम जारी रहेकाले अवरोध हटाउन केही समय लाग्ने बताइएको छ ।

जोखिमपूर्ण क्षेत्रमा यात्रा गर्दा पूर्ण सजगता अपनाउन प्रशासनले सर्वसाधारणमा आग्रह गरेको छ ।

सिद्धार्थ राजमार्गको दोभान सिद्धबाबा क्षेत्रमा स्थानीय प्रशासनले आगामी १२ गतेसम्म रातिको समयमा सवारी संचालनमा पूर्ण रुपमा रोक लगाएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?