+
+
Shares

ताइवानबारे अमेरिकी नीति स्पष्ट गर्न सीको आग्रह

ह्वाइट हाउसमा भएको वार्तामा सीले दुई देशले सहयोगलाई प्रमुख आधार बनाउँदै प्रतिस्पर्धालाई उचित सीमाभित्र राख्न तथा मतभेद व्यवस्थापन गर्दै स्थिर सम्बन्ध अघि बढाउनुपर्ने बताए।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ९ गते १३:०६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चिनियाँ राष्ट्रपति सी जिनपिङले ताइवान स्वतन्त्रताको विरोध गर्न र ताइवानको विषय सावधानीपूर्वक सम्हाल्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आग्रह गर्नुभयो।
  • सीले चीन–अमेरिकाबीच कृत्रिम बौद्धिकता, आर्थिक र व्यापारिक क्षेत्रमा सहयोग विस्तार गर्दै प्रतिस्पर्धा सीमाभित्र राख्नुपर्नेमा जोड दिनुभयो।
  • ट्रम्पले सीको भ्रमणलाई उत्कृष्ट बताउँदै व्यापार सम्झौता सुधार, एआई संवाद विस्तार र सन् २०२६ का एपेक तथा जी–२० बैठकमा सहकार्य गर्ने सहमति भएको बताए।

९ असोज, वासिङ्टन (रासस/एएनआई) । चिनियाँ राष्ट्रपति सी जिनपिङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको वार्तामा ‘ताइवान स्वतन्त्रता’ को विरोध गर्न र ताइवानको विषय सावधानीपूर्वक सम्हाल्न अमेरिकालाई आग्रह गरेका छन् । उनले चीन–अमेरिकाबीच कृत्रिम बौद्धिकता (एआई) लगायतका क्षेत्रमा सहयोग विस्तार गर्नुपर्नेमा पनि जोड दिएका छन्।

ह्वाइट हाउसमा भएको वार्तामा सीले दुई देशले सहयोगलाई प्रमुख आधार बनाउँदै प्रतिस्पर्धालाई उचित सीमाभित्र राख्न तथा मतभेद व्यवस्थापन गर्दै स्थिर सम्बन्ध अघि बढाउनुपर्ने बताए। यसै वर्ष मेमा भएको समझदारीलाई कार्यान्वयन गर्दै आर्थिक तथा व्यापारिक सम्बन्ध स्थिर राख्न सहयोगका क्षेत्र विस्तार र विवादका विषय घटाउनुपर्ने उनले उल्लेख गरे।

एआईका क्षेत्रमा दुवै देशसँग बलियो क्षमता रहेको बताउँदै सीले यसको जोखिम र फाइदाबारे निरन्तर संवाद तथा दुरुपयोग रोक्न संयुक्त प्रयास आवश्यक रहेको बताए। एआई मानव नियन्त्रणमा रहनुपर्ने र मानवकेन्द्रित ढङ्गले विकास गरिनुपर्नेमा उनले जोड दिए।

ताइवानबारे सीले राष्ट्रिय एकीकरण र क्षेत्रीय अखण्डताको रक्षा गर्ने चीनको अडान स्पष्ट रहेको बताउँदै अमेरिकाले ‘ताइवान स्वतन्त्रता’ को विरोध गर्ने नीतिमा कायम रहनुपर्ने बताए । यसबाट चीन–अमेरिका रणनीतिक सहयोग तथा द्विपक्षीय सम्बन्ध विकासका लागि आधार तयार हुने उनको भनाइ थियो ।

अमेरिकी राष्ट्रपति ट्रम्पले सीको भ्रमणलाई उत्कृष्ट बताउँदै आर्थिक तथा व्यापारिक संवाद जारी राख्नुपर्ने बताए। दुवै देशका टोलीबीचको पछिल्लो छलफलबाट नयाँ उपलब्धि हासिल भएको उल्लेख गर्दै उनले व्यापार सम्झौता सुधारका लागि वार्ता जारी राख्नुपर्ने धारणा व्यक्त गर्नुभयो । एआईमा पनि संवाद र सहयोग विस्तार गर्न दुवै नेता सहमत भएका छन् ।

वार्तामा मध्यपूर्व, युक्रेन सङ्कट र कोरियाली प्रायद्वीपको अवस्थालगायत अन्तर्राष्ट्रिय तथा क्षेत्रीय विषयमा विचार आदानप्रदान भएको थियो । साथै, सन् २०२६ मा हुने एपेक आर्थिक नेताहरूको बैठक र जी–२० शिखर सम्मेलन आयोजना गर्न एकअर्कालाई सहयोग गर्ने सहमति भएको छ ।

राष्ट्रपति सीको तीनदिने अमेरिका भ्रमणका क्रममा भएको यो भेट छ महिनाभन्दा कम अवधिमा दुई नेताबीच भएको दोस्रो भेट हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?