+
+
Shares

पहिरोको जोखिममा काभ्रेको सल्ले प्रहरी चौकी

पहिरो खसेपछि प्रहरी चौकी भवनलाई तत्काल त्रिपालले छोपेर राखिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ९ गते ९:२७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • लगातार वर्षाका कारण काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका-५ स्थित सल्ले प्रहरी चौकी पहिरोको जोखिममा परेको छ।
  • अविरल वर्षापछि चौकीको अगाडिको भाग पहिरोले बगाएको र भवनलाई तत्काल त्रिपालले छोपिएको छ।
  • जिल्ला प्रहरी कार्यालय काभ्रेका डीएसपी रविन विष्टले थप क्षति हुन नदिन सुरक्षाका उपाय अपनाइएको बताए।

९ असोज, काभ्रेपलाञ्चोक । लगातारको वर्षाका कारण काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका-५ मा रहेको सल्ले प्रहरी चौकी पहिरोको जोखिममा परेको छ ।

अविरल वर्षापछि चौकीको अगाडिको भागमा पहिरो गएकोले चौकी भवन जोखिममा परेको जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी डीएसपी रविन विष्टले जानकारी दिए ।

उनका अनुसार चौकीको अगाडिको भाग पहिरोले बगाएको छ ।

पहिरो खसेपछि प्रहरी चौकी भवनलाई तत्काल त्रिपालले छोपेर राखिएको छ ।

पहिरोका कारण भवनको अगाडितर्फको भागमा जोखिम बढेपछि थप क्षति हुन नदिन सुरक्षाका अन्य उपायहरू अपनाइएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?