+
+
Shares

कृष्णभिर नजिकै लेदोसहितको पहिरो खसेपछि पृथ्वी राजमार्ग एकतर्फी

अनलाइनखबर अनलाइनखबर
२०८३ असोज ८ गते ७:०८
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • धादिङको कृष्णभिर नजिकै लेदोसहितको पहिरो खस्दा पृथ्वी राजमार्ग शुक्रबार बिहान साढे ५ बजेदेखि एकतर्फी भएको छ।
  • धादिङ प्रहरीले ठूलो पानी परिरहेका कारण लेदो पन्छाउन समस्या भएको जनाएको छ।
  • १० र १४ भदौको बाढीले कृष्णभिरमा सडक कटान गर्दा १८ दिन अवरुद्ध भएको राजमार्ग १ असोजदेखि सञ्चालनमा आएको थियो।

८ असोज, काठमाडौँ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको कृष्णभिर नजिकै लेदोसहितको पहिरो खसेपछि राजमार्ग एकतर्फी भएको छ ।

शुक्रबार बिहान बेनीघाट रोराङ गाउँपालिका-७ स्थित कृष्णभिर भन्दा करिब १०० मिटर अगाडि लेदोसहितको पहिरो खसेका कारण राजमार्ग एकतर्फी सञ्चालनमा रहेको धादिङ प्रहरीले जनाएको छ ।

यसैगरी बेनीघाट रोराङ गाउँपालिका-९ स्थित ज्यामिरेमा पनि पहिरो खसेको छ ।

प्रहरीका अनुसार सो क्षेत्रमा अहिले पनि पानी परिरहेको छ ।

१० र १४ भदौमा भोटेकोशी र त्रिशूली नदीमा आएको ठूलो बाढीले कृष्णभिरमा सडक कटान गर्दा १८ दिन पृथ्वी राजमार्ग अवरुद्ध बनेको थियो ।

कृष्णभिरमा नयाँ ट्र्याक खोलेर १ असोजदेखि पृथ्वी राजमार्ग सञ्चालनमा ल्याइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?