News Summary
Generated by OK AI. Editorially reviewed.- भारतको सिक्किममा इन्द्रजात्रामा गणेश, कुमारी, भीमसेन र भैरवको पूजा तथा रथयात्रा गरिएको छ ।
- इन्द्रजात्रामा सिक्किमका मुख्यमन्त्री प्रेमसिंह गोले सहभागी भएका छन् ।
- मुख्यमन्त्री गोलेले नेवार समुदायको सांस्कृतिक विरासतले इन्द्रजात्रालाई थप विशेष बनाएको उल्लेख गरेका छन् ।
- आज अपराह्न काठमाडौंमा पनि इन्द्रजात्रा मनाइँदै छ र काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिइएको छ ।
९ असोज, काठमाडौं । भारतको सिक्किममा इन्द्रजात्रा मनाइएको छ । जात्राको क्रममा गणेश, कुमारी, भीमसेन र भैरवको पूजा तथा रथयात्रा गरिएको छ ।
इन्द्रजात्रामा सिक्मिमका मुख्यमन्त्री प्रेमसिंह गोले पनि सहभागी भएका छन् ।
जात्राका अवसरमा मुख्यमन्त्री गोलेले पुस्तौँदेखि गर्व र श्रद्धाका साथ संरक्षण तथा हस्तान्तरण हुँदै आएको नेवार समुदायको सांस्कृतिक विरासतले इन्द्रजात्रालाई थप विशेष बनाएको उल्लेख गरेका छन् ।
नेपालमा जस्तै सिक्किममा पनि नेवार समुदायले हर्षोल्लाससाथ इन्द्रजात्रा मनाउने गर्छन् ।
आज अपराह्न काठमाडौंमा पनि इन्द्रजात्रा मनाइँदै छ । इन्द्रजात्राको मुख्य दिन आज सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ ।


तस्वीरहरु : सिक्किमका मुख्यमन्त्री प्रेमसिंह गोलेको फेसबुकबाट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4